Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

कालिकामाईकाे गदियानीमा निर्माण भएकाे मस्जिद उद्घाटन

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. २ स्थित सानाे गदियानीमा नवनिर्मित मस्जिदकाे उद्घाटन गरिएकाे छ । करिब ५५ लाखकाे लागमा निर्माण भएकाे मस्जिदकाे शुक्रबार महमद हनीले नेमाज पढेर उद्घाटन गरेका हुन् ।

- Advertisement -

साे मस्जिद निर्माणकाे लागि स्थानिय नक्छेद मियाँले १८ धुर जग्गा दान गरेका थिए । १८ लाख मुल्य पर्ने साेही जग्गामा ८ महिना मस्जिदकाे निर्माण कार्य सम्पन्न भएकाे स्थानियहरुले वताएका छन् ।

मस्जिद उद्घाटन कार्यक्रममा जगरनाथपुर गाउँपालिकाकाे पूर्व अध्यक्ष जालिम मियाँ, पत्रकार छठु साह, स्थानिय नेता पप्पु खाँ पैठान लगायत सबैठवा, बलुवा, लहावरथकरी, मुडली, टिनडाेबिया, रबिदास, जगरनाथपुर, भिस्वाका मुस्लिम अगुवाहरुकाे उपस्थिती रहेकाे थियाे ।

ताजा अपडेट

थप समाचार

ड्राइपाेर्टमा सवारी दुर्घटना: दुईजनाको मृत्यु, एक गम्भीर घाइते

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २२ स्थित ड्राईपोट सडकखण्डको सिताराम चौकमा सवारी दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ भने एक जना गम्भिर...

तुल्सीबर्वामा टि२० क्रिकेट टुर्नामेन्ट सुरु, खेलले सामाजिक एकता बढाउँछ : सभापति मिश्र

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नम्बर ४ तुल्सीबर्वामा टि२० क्रिकेट टुर्नामेन्टकाे सुरु भएकाे छ । टुर्नामेन्टकाे एक कार्यक्रमकाे बिच राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)...

‘भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

वीरगंज । वीरगंजमा आयोजना हुने ‘भविष्य मेला’ मा सहभागी माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीहरूका लागि प्रोग्रेसिभ फाइनान्स लिमिटेडले निःशुल्क बैंक खाता खोल्ने सुविधा...