Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

ओली र नेपालले अभिनय गरेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक

spot_img
spot_img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको अतिथि भूमिका रहेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको हो । दुई मिनेट २४ सेकेण्ड रनटाइमको ट्रेलरले फिल्मको कथावस्तुबारे महत्वपूर्ण प्रकाश पार्छ ।

ट्रेलरमा एसिड आक्रमणको घटनाका पीडितको मर्मस्पर्शी दृश्य प्रस्तुत गरिएको छ । बदलाले प्रेरित भएर किशोरी तथा युवतीमाथि कसरी एसिड आक्रमण गरियो र मुलुकका विभिन्न भागमा भएका आक्रमणका घटनालाई यसमा दर्शाइएको छ ।

एसिड आक्रमणविरुद्ध पीडितले न्याय पाउनु पर्ने मागसहित भएका प्रदर्शन पनि देखाइएको छ । यी प्रदर्शनमा सहभागी भएर प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री नेपालसहितका नेताले दोषीलाई कठोर दण्ड दिने प्रतिबद्धता जनाएको दृश्य पनि यसमा छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...