Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

राैतहटमा मोटरसाईकल चोरी गर्ने दुई जना पक्राउ

spot_img
spot_img
वीरगंज । राैतहट प्रहरीले दुई जना माेटरसाइकल चाेरलाई पक्राउ गरेकाे छ । ईलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट खटिएको प्रहरी अधिकृतको टोलीले रौतहटकाे बौद्धीमाई नगरपालिका वडा नं.०५ स्थित सडकबाट चाेरीकाे माेटरसाइकल सहित दुई जनालाई पक्राउ गरेकाे हाे ।
 
ना २० प ५८३२ नम्बर को १२५ सि.सी. को चाेरीकाे हिराे हुन्डा स्पलेण्डर माेटरसाइकल सहित बौद्धीमाई नगरपालिका वडा नं.०५ निवासी २० बर्षिय भगत भन्ने अभिषेक यादव र साेही ठाउँ निवासी २१ बर्षिय मुकेश कुमार रामलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता प्रहरी नायब उपरिक्षक एलिजा गिरीले वताइन ।
 
उनका अनुसार रौतहट परोहा नगरपालिका वडा नं. ०६ बस्ने मोतीलाल प्रसाद कुर्मीकाे नाममा दर्ता रहेकाे सुपर स्पलेण्डर मोटरसाईकल बिहिबार विहान २:३० बजेकाे समयमा उनकै घरको बरण्डामा पार्किङ्ग गरी राखेको स्थानबाट चोरी भएको थियाे ।
 
माेटरसाइकल चाेरी भएकाे जानकारी प्राप्त हुना साथ खटिएको प्रहरी अधिकृतको टोलीले खोजतलास गर्ने क्रममा बिहिबार विहानै १०:०० बजेको समयमा चोरी भएको साे मोटरसाईकल सहित दुबै जनालाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता गिरीले जानकारी दिइन ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...