Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

राैतहटमा मोटरसाईकल चोरी गर्ने दुई जना पक्राउ

spot_img
spot_img
वीरगंज । राैतहट प्रहरीले दुई जना माेटरसाइकल चाेरलाई पक्राउ गरेकाे छ । ईलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट खटिएको प्रहरी अधिकृतको टोलीले रौतहटकाे बौद्धीमाई नगरपालिका वडा नं.०५ स्थित सडकबाट चाेरीकाे माेटरसाइकल सहित दुई जनालाई पक्राउ गरेकाे हाे ।
 
ना २० प ५८३२ नम्बर को १२५ सि.सी. को चाेरीकाे हिराे हुन्डा स्पलेण्डर माेटरसाइकल सहित बौद्धीमाई नगरपालिका वडा नं.०५ निवासी २० बर्षिय भगत भन्ने अभिषेक यादव र साेही ठाउँ निवासी २१ बर्षिय मुकेश कुमार रामलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता प्रहरी नायब उपरिक्षक एलिजा गिरीले वताइन ।
 
उनका अनुसार रौतहट परोहा नगरपालिका वडा नं. ०६ बस्ने मोतीलाल प्रसाद कुर्मीकाे नाममा दर्ता रहेकाे सुपर स्पलेण्डर मोटरसाईकल बिहिबार विहान २:३० बजेकाे समयमा उनकै घरको बरण्डामा पार्किङ्ग गरी राखेको स्थानबाट चोरी भएको थियाे ।
 
माेटरसाइकल चाेरी भएकाे जानकारी प्राप्त हुना साथ खटिएको प्रहरी अधिकृतको टोलीले खोजतलास गर्ने क्रममा बिहिबार विहानै १०:०० बजेको समयमा चोरी भएको साे मोटरसाईकल सहित दुबै जनालाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता गिरीले जानकारी दिइन ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...