Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

वीरगंजबाट लागु औषध चरेश सहित दुई भारतिय नागरिक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट लागु औषध चरेश सहित दुई जनालाई पक्राउ गरेकाे छ । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको चेकिङ टोलीले लागु औषध चरेश सहित दुई जना भारतिय नागरिकलाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा भारत बिहारकाे पुर्वि चम्पारण रक्सौल वडा न. १ बडा परेउवा निवासी ३५ बर्षिय अनवर आलम र मोतिहारीकाे पुर्वि छतौना निवासी २२ बर्षिय ईम्तेयाज आलम रहेका छन् ।

वीरगंज महानगरपालिकाकाे वडा नं.१६ शकराचार्य गेट स्थित सडकमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा मंगलबार विहान ८ बजेकाे समयमा दुबै जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए ।

नेपालबाट भारततर्फ संकाष्पदरूपमा पैदल हिंडिरहेका दुबै जनालाई रोकी चेकजाँच गर्दा निजहरुको शरीरको तिघ्रामा कालो रङको प्लाष्टिकले बेरी बोकेको अवस्थामा र पछाडी भिर्ने कालो रङ्को झोला भित्र लुकाईछिपाई राखेको प्रतिबन्धित लागु औषध चरेश २० पाकेट १० किलो फेला परेको उनले वताए ।

लागु औषध चरेश सहित निजहरुलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा  थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता भारतिले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...