Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पाेखरियामा राष्ट्रिय वाणिज्य बैंककाे एटिएम नगर प्रमुख चाैहानद्वारा उद्घाटन

spot_img
spot_img

 शैलेश गुप्ता/पाेखरिया । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको राष्ट्रीय वाणिज्य बैंक पोखरिया शाखामा संचालनमा आएकाे एटिएम मंगलबार उद्घाटन गरिएकाे छ ।

एक कार्यक्रमका बिच पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले एटिएमको उद्घघाटन गरेकाे राष्ट्रीय वाणिज्य बैंक पोखरिया शाखाको शाखा प्रमुख बिमल पुडासैनीले जानकारी दिए । पाेखरियामा एटिएम संचालनले ग्रामिण भेगका सेवाग्राहीलाई सहज हुने शाखा प्रमुख पुडासैनीले वताए । 

शाखा प्रमुख पुडासैनीको अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रमा प्रमुख अतिथि पोखरिया नगरपालिकाकी उप प्रमुख रूबी कुमारी ठाकुर, सूरज चौहान, निरज ठाकुर, पत्रकार, बैंकका कर्मचारी लगायत स्थानियकाे उपस्थिति रहेको थियो ।

बैंक परिसरमा भएकाे कार्यक्रममा स्वागत मन्तवय बैंक कै कर्मचारी प्रियंक गुप्ताले गरेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...