Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

न्यूरो अस्पतालको सेवा थप प्रभाकारी बनाउन न्यूरो सर्जन डा. झा सहित विशेषज्ञ टिमद्वारा उपचार

spot_img
spot_img

वीरगंज । ‘न्यूरो अस्पताल’ ! यो नाम मधेश प्रदेशका अधिकाँश जनताले सुनेकै नाम हो । स्वास्थ्यमा केही समस्या आए भट्ट न्यूरो हस्पिटलको नाम आउँछ । प्रभावकारी सेवाबाट आफ्नो छुट्टै पहिचान बनाएको ‘एल.एस. न्यूरो एण्ड जेनरल हस्पिटल’ ले प्रदान गर्दै आएको सेवालाई थप विस्तार गरेको छ । बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ स्थित रहेको यस हस्पिटलले बरिष्ठ न्यूरो कन्स्लटेन्ट एवं सर्जनबाट थप सेवा विस्तार गरेको हो । टाउको सम्बन्धी विशेष उपचार गर्दै आएको यस अस्पतालले बरिष्ठ न्यूरो कन्स्लटेन्ट एवं सर्जन डा. सन्जिव झाबाट थप सेवा विस्तार गरेको हो ।

विगत ७ महिनादेखि यस अस्पतालमा सेवा दिईरहेका डा. झाले आगामी दिनमा सेवालाई अझै प्रभावकारी बनाउन लागि परेको बताए । डा. झा काठमाडौंको अन्नपूणर्ा होस्पिटल, नेपालगन्ज मेडिकल कलेज, पोखरा लगायतका प्रतिष्ठित अस्पतालहरुमा न्यूरो कन्स्लटेन्ट प्रमुख रही ५ वर्षभन्दा बढि सेवा दिई सकेका छन् । काठमाडौं लगायतका ठूलठूला सहरहरुमा रहेको प्रतिष्ठित अस्पतालमा सेवा प्रवाह गरिसकेका डा. झाले मधेश प्रदेशका जनताहरुलाई सेवा गर्ने उद्देश्यले न्यूरो अस्पतालमा ठाउँ पाएसँगै आफूले काठमाडौं, पोखरा, नेपालगन्जका सेवाहरु यहाँबाट प्रवाह गरि रहेको बताए । यहाँका अधिकाँश विरामीहरु काठमाडौं जाने मनसाय बनाएपछि काठमाडौंकै सेवा यहाँ पाउने भन्ने विश्वास दिलाएर यसै अस्प्तालबाट सफल उपचार भइरहेको दाबी गरे । एल.एस. न्यूरो अस्पताललाई आफ्नो प्रमुख कार्यथलो बनाएर यहाँका नागरिकहरुलाई न्यूरो सम्बन्धी विशेष सेवा दिई रहेको डा. झाको भनाई छ ।

डा. झा एल.एस. न्यूरो एण्ड जेनरल हअस्पतालमा सेवा दिई रहेको अवस्थामा अस्पतालको न्यूरोसर्जरी विभागको टिमको साथमा अझै प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका हुन् । अस्पतालमा संचालनमा रहेको हार्डजोर्नी तथा नशारोग सर्जरी, नेपाल सरकारबाट गरिब, विपन्नको लागि प्रदान गरिने निःशुल्क हेमोडाईलोसिस तथा नेपाल सरकारले प्रदान गर्ने निःशुल्क आमा सुरक्षा कार्यक्रम तथा विपन्न नागरिकहरुको लागि निःशुल्क हेमोडाइलोसिस सेवा लगायतका अन्य सेवाहरु पनि विशेषज्ञ चिकित्सकको टोलीद्वारा उत्कृष्ट सेवाहरु प्रदान भइरहेको डा. झाको भनाई छ । मधेस प्रदेशबाट न्यूरो सम्बन्धी बिरामीहरूलाई काठमाडौ अथवा भारतीय सहर धाउन नपर्ने भन्दै डा. झाले यही न्यूरो अस्पतालमै उच्चस्तरीय प्रविधिबाट गुणस्तरीय सेवा प्रवाह भइरहेकोले न्यूरो सम्बन्धी कुनैपनि समस्या भए ढुक्क भएर अस्पतालमा आउन आग्रह गरे ।

डा. झाले अस्पतालमा २४ औं घण्टा सेवा प्रदान गरि रहेका छन् । न्यूरो अस्पताल संचालन भएसँगै बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी लगायत भारतीय सहरबाट आउने विरामीहरुलाई प्रभावकारी सेवा प्रवाह गरिसकेको छ । ‘न्यूरो’ भन्ने वित्तिकै टाउकोलाई सम्झिने गरिन्छ, र टाउको आफै सम्वेदनशील भाग हो । टाउको भन्दा तल केही समस्या भए बाच्ने सम्भावना हुन्छ तर टाउकोमा गम्भिर चोट पटक लागे बाच्ने सम्भवना कम हुन्छ तर एल.एस. न्यूरो हस्पिटलले विगतको दिनमा गम्भिर प्रवृत्तिका विरामीहरुलाई पूणर् रुपमा ठीक पारिसकेको छ । टाउकोमा गम्भिर चोट पटक लगायत अन्य समस्याहरुको सफल शल्यक्रियाबाट सफल उपचार गरिसकेको छ ।

‘भारतको विहारबाट यहाँ धेरै विरामीहरु आउने गरेका छन्, विहारको सितामढी, मोतिहारी, बेतिया लगायतका स्थानहरुबाट विरामीहरु आउने गरेका छन्, यो हाम्रो लागि गौरवको कुरा हो, उनीहरुलाई हामीमाथि विश्वास गरि रहेका छन्, तर यस विश्वासलाई थप प्रभावकारी बनाउँदै हामीसँग माइक्रोस्कोपिङ्ग शल्यक्रिया गरि रहेका छौं र भविष्यमा यसलाई अझै विस्तार गर्नेछौं’ डा. झाले भने । नेपालमा अब डोमेट्रिक सर्जरी शुरु भइसक्यो, त्यो सेवा हामी यहाँ पनि दिन्छौं, एक दुई वर्ष लाग्न सक्छ, त्यस्ता सेवाहरु पनि यस अस्पतालबाट दिईने प्रतिबद्धता जनाउँदै डा. झाले यहाँका नागरिकहरुले हामीमाथि विश्वास गरे जटिल भन्दा जटिल समस्याको पनि सफल उपचार गर्न सकिने बताए ।

डा. झाका अनुसार ‘न्यूरो अस्पताल’ मा टाउको सम्बन्धी मात्रै उपचार हुने यहाँका नागरिकमा नकारात्मक प्रचार भएकोमा त्यसलाई स्पष्ट पार्दै यहाँ न्यूरो लगायत अर्थोपेडिक, फिजिसियन, गाइनो लगायतको सम्पूणर् सेवाहरु प्रदान भइरहेको बताए । डा. झा सहित अर्थोपेडिक सर्जन विशेषज्ञ डा. सचिन यादव, डा. चन्द्रभूषण यादव, बरिष्ठ फिजिसियन डा. तेजप्रकाश साह, डा. अजय गुप्ता, ल्याप्रोस्कोपी सर्जन डा. मुकुन्द यादव, चर्मरोग तथा डर्माट्लोजिस्ट विशेषज्ञ डा. स्मिता झा, मेक्सियोफेसियल स्पेशलिष्ट डा. अर्पिता सिंह, गाइनोक्लोजिष्ट डा. ऐनी पाण्डे, डा. तरनुम अफरोज लगायतको विशेषज्ञ चिकित्सकहरुको टिमले न्यूरो अस्पतालमा सेवा प्रदान गरि रहेको बताइएको छ ।

न्यूरो हस्पिटलबाट मधेश प्रदेशका जनता लगायत भारतीय सीमावर्ती सहरका जनताहरु पनि सेवा लिईसकेका छन् । वीरगंजमा आफ्नो छुट्टै पहिचान बनाएको यस अस्पतालले अब आगामी दिनमा अझै सशक्त रुपमा प्रभावकारी ढँगबाट सेवा प्रवाह गर्ने प्रतिबद्धता सहित अगाडि बढि रहेको अस्पताल प्रशासन प्रमुख विनोट पटेलले जानकारी दिए । उनका अनुसार यस अस्पतालले आफ्नो सेवाबाट विगत लामो समयदेखि मधेश प्रदेश लगायत भारतीय सहरका नागरिकहरुको मन जित्न सफल रहेकोमा सेवालाई अझै प्रभावकारी बनाउन न्यूरो, अर्थो, गाइनो, डर्माटुलोष्टि, लेप्रोस्कोपी, हेमोडाइलोसिस लगायतका सेवा प्रदान गरि रहेको छ । साथै सामाजिक कोषमा आबद्ध रहेकाहरुका नागरिकहरको लागि निःशुल्क सेवा प्रदान गरिँदै आएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...