Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरियाकाे विकासकाे लागि सहयाेग गर्ने मन्त्री गुप्ताकाे प्रतिवद्धता

spot_img
spot_img

पाेखरिया । पर्साकाे पाेखरिया नगरपालिकाले बुधबार संघिय मामिला तथा समान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई स्वागत तथा सम्मान गरेकाे छ ।

मन्त्री भएपछि पहिलाे पटक गृह जिल्ला आएका गुप्तालाई नगरपालिकाले एक कार्यक्रमकाे बिच स्वागत तथा सम्मान गरेकाे हाे । पाेखरिया नगरपालिकाले आयाेजना गरेकाे कार्यक्रममा नगर प्रमुख प्रदुम चाैहान, उप प्रमुख रुबी ठाकुर लगायतका नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले मन्त्री गुप्तालाई स्वागत तथा सम्मान गरेका थिए ।

सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री गुप्ताले पाेखरियालाई जिल्लाकाे दाेस्राे सहरकाे रुपमा बनाइने वताए । उनले पाेखरियाकाे समग्र विकास हुनु पर्ने वताउँदै मेराे निर्वाचन क्षेत्र भित्र पर्ने पाेखरियाकाे विकासकाे लागि पहल गर्ने वताए ।

मन्त्री गुप्ताले पाेखरियाकाे समग्र विकासकाे लागि आफ्नाे तर्फबाट हुने सम्पूर्ण प्रयासहरु गर्ने प्रतिवद्धता जनाए । उनले आफ्नाे मन्त्रालय सहित अरु मन्त्रालयबाट हुने सहयाेग र सहकार्यकाे लागि आफुले पहल गर्ने वताए ।

पाेखरिया नगरपालिकाका मेयर चाैहानकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा, पाेखरिया नगरपालिकाका अध्यक्ष बिन्धाचल ठाकुर, शिक्षक संगठनका विनाेद गिरी, जगरनाथनपुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष रामअयाेध्या पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...