Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुर गाउँपालिकाले अतिक्रमण मुक्त गराएकाे जग्गामा वृक्षाराेपण र मन्दिरकाे शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाँउपालिकाले अतिक्रमणमुक्त गराएकाे खाली जग्गामा मंगलबार वृक्षाराेपण गरिएकाे छ । गाउँपालिकाकाे वडा नं. २ दसाैतास्थित रैनी झैनी मठ नजिक रहेकाे उक्त जग्गामा वृक्षाराेपण गरिएकाे हाे ।

जगरनाथपुर गाउँपालिकाकाे वन तथा वातारण शाखाकाे सहयाेग र बजरंग हरियाली वन व्यवस्थापन समुहकाे आयाेजनामा भएकाे वृक्षाराेपण कार्यक्रमकाे शुभारम्भ नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले गरेका थिए ।

गाउँपालिकाकाे समृद्धिका लागि वन परियाेजना अन्तर्गत आयाेजित वृक्षाराेपण कार्यक्रमलाई सम्बाेधन गर्दै पूर्व मन्त्री रिजालले राेपिने विरुवाले धेरै फाइदा हुने वताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता रिजालले खाली रहेकाे सार्वजनिक जग्गामा विरुवाले यहाँका जनताहरु प्रत्यक्ष रुपमा लभान्वित हुने वताए । 

करिब १५ बिघा ऐलानी जग्गा स्थानिय केहि व्याक्तिले वर्षौदेखि अतिक्रमण गरी खेतीपाती गर्दै आएकोमा जगरनाथपुर गाँउपालिकाले गाँउपालिका अध्यक्ष श्रीकान्त यादवको निर्देशनमा गत जेष्ठ दोश्रो साता उक्त जग्गा अतिक्रमण मुक्त बनाई किलाकाटी गाडेर घेराबार गरिएको थियो ।

त्यहि जग्गामा मंगलबार विपी काेइरलाकाे ४२ औं स्मृति दिवसको अवसरमा गरिएकाे वृक्षारोपण कार्यक्रममा साल, सीसौं, सपेता, अमला, जामुन, आँप लगायतका प्रजातिका विरुवाहरु रोपिएको हाे । 

यसैबिच मंगलबार नै रैनी झैनी मठ कै खाली जग्गामा शिव पार्वती मन्दिरकाे शिलान्यास गरिएकाे छ । साे मन्दिरकाे शिलान्यास पनि पूर्व मन्त्री रिजाले गरेका हुन् ।

गाउँपालिका र प्रदेश सरकारकाे सहयाेग करिब रु ५० लाखकाे लागतमा मन्दिर निर्माण गरिने प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए ।   

गाँउपालिका अध्यक्ष यादवको अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, कांग्रेस पर्साका उप सभापति रामनारायण कुर्मी, प्रवक्ता रमेश पाण्डे, सहसचिव नवीन सिंह, डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिल कर्ण, कांग्रेस नेताहरु रामदेव चौहान, रामेश्वर महतो, सहरुम गद्दी, विनय द्विवेदी, गाँउपालिका उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडाध्यक्ष नेपाली कुशवाहा, बजरंग हरियाली वन व्यवस्थापन समुहका अध्यक्ष जंगलाल प्रसाद कुशवाहा लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिव बलिष्टर अहमदले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...