Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

जगरनाथपुर गाउँपालिकाले अतिक्रमण मुक्त गराएकाे जग्गामा वृक्षाराेपण र मन्दिरकाे शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाँउपालिकाले अतिक्रमणमुक्त गराएकाे खाली जग्गामा मंगलबार वृक्षाराेपण गरिएकाे छ । गाउँपालिकाकाे वडा नं. २ दसाैतास्थित रैनी झैनी मठ नजिक रहेकाे उक्त जग्गामा वृक्षाराेपण गरिएकाे हाे ।

जगरनाथपुर गाउँपालिकाकाे वन तथा वातारण शाखाकाे सहयाेग र बजरंग हरियाली वन व्यवस्थापन समुहकाे आयाेजनामा भएकाे वृक्षाराेपण कार्यक्रमकाे शुभारम्भ नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले गरेका थिए ।

गाउँपालिकाकाे समृद्धिका लागि वन परियाेजना अन्तर्गत आयाेजित वृक्षाराेपण कार्यक्रमलाई सम्बाेधन गर्दै पूर्व मन्त्री रिजालले राेपिने विरुवाले धेरै फाइदा हुने वताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता रिजालले खाली रहेकाे सार्वजनिक जग्गामा विरुवाले यहाँका जनताहरु प्रत्यक्ष रुपमा लभान्वित हुने वताए । 

करिब १५ बिघा ऐलानी जग्गा स्थानिय केहि व्याक्तिले वर्षौदेखि अतिक्रमण गरी खेतीपाती गर्दै आएकोमा जगरनाथपुर गाँउपालिकाले गाँउपालिका अध्यक्ष श्रीकान्त यादवको निर्देशनमा गत जेष्ठ दोश्रो साता उक्त जग्गा अतिक्रमण मुक्त बनाई किलाकाटी गाडेर घेराबार गरिएको थियो ।

त्यहि जग्गामा मंगलबार विपी काेइरलाकाे ४२ औं स्मृति दिवसको अवसरमा गरिएकाे वृक्षारोपण कार्यक्रममा साल, सीसौं, सपेता, अमला, जामुन, आँप लगायतका प्रजातिका विरुवाहरु रोपिएको हाे । 

यसैबिच मंगलबार नै रैनी झैनी मठ कै खाली जग्गामा शिव पार्वती मन्दिरकाे शिलान्यास गरिएकाे छ । साे मन्दिरकाे शिलान्यास पनि पूर्व मन्त्री रिजाले गरेका हुन् ।

गाउँपालिका र प्रदेश सरकारकाे सहयाेग करिब रु ५० लाखकाे लागतमा मन्दिर निर्माण गरिने प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए ।   

गाँउपालिका अध्यक्ष यादवको अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, कांग्रेस पर्साका उप सभापति रामनारायण कुर्मी, प्रवक्ता रमेश पाण्डे, सहसचिव नवीन सिंह, डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिल कर्ण, कांग्रेस नेताहरु रामदेव चौहान, रामेश्वर महतो, सहरुम गद्दी, विनय द्विवेदी, गाँउपालिका उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडाध्यक्ष नेपाली कुशवाहा, बजरंग हरियाली वन व्यवस्थापन समुहका अध्यक्ष जंगलाल प्रसाद कुशवाहा लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिव बलिष्टर अहमदले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...