Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

जिराभवानीमा नवनिर्मित प्रबेशद्वारा र मदरसा भवनकाे उद्घाटन

spot_img
spot_img

वीरगंज । पर्साकाे जिराभवानी गाँउपालिका वडा नम्बर १ महादेवट्टीकाे बलुवा टाेलमा रहेकाे “मदरसा ताैहीदुल ईस्लाम” काे नवनिर्मित भवन र नेपाल-भारत मैत्री प्रवेशद्वार साेमबार उद्घाटन भएकाे छ ।

एक कार्यक्रमका बिच मदर्शा भवन र प्रबेशद्वाराकाे उद्घाटन नेपाल सरकारका निवर्तमान उद्याेग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले गरेका हुन् ।

गाँउपालिका अध्यक्ष अनाेज चाैधरीकाे अध्यक्षता तथा पूर्वमन्त्री रिजालकाे प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, जिल्ला सह-सचीव नवीन सिंह, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष रेखा चाैधरी, प्रमुख प्रशासकिय अधिकृत कुमार गिरी लगायतको सहभागीता रहेको थियो ।

गाउँपालिका कार्यालयकाे आयाेजनामा भएकाे कार्यक्रमको संचालन जिराभवानी गाँउपालिकाका कार्यपालिका सदस्य सरोज चौरसियाले गरेका थिए ।

रु ५ लाखको लागतमा नेपाल-भारत मैत्री प्रवेशद्वार र रु ५० लाखको लागतमा मदर्शा ताैहिदुल इस्लाम भवन निर्माण गरिएको गाउँपालिकाले जनाएकाे छ । मदर्शा निर्माणकाे लागि स्थानिय मरहूम शेख अब्दुल हकीम र शेख हसीनाले जग्गा दान गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...