Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

एनवाइईएफ वीरगंजले जित्यो उत्कृष्ट च्याप्टरको अवार्ड

spot_img
spot_img

वीरगंज । नेपाल युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगंजले च्याप्टर उत्कृष्ट च्याप्टरको अवार्ड प्राप्त गरेको छ । काठमाडौँमा भएको नेपाल युवा उद्यमी मञ्चको २० औँ साधारण सभाको अवसरमा वीरगंज च्याप्टरले उत्कृष्ट च्याप्टरको अवार्ड प्राप्त गरेको हो । 

कार्यक्रमका विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल र एनवाइईएफ एनजीसीकी अध्यक्ष सहारा जोशीले वीरगंज च्याप्टरका निवर्तमान अध्यक्ष सन्दीप अग्रवाल लगायतलाई सामूहिक रूपमा अवार्ड प्रदान गरेका थिए । वीरगंज च्याप्टरले यसअघि पनि विभिन्न अवार्ड तथा पुरस्कार प्राप्त गरिसकेको छ । 

उत्कृष्ट अवार्ड प्राप्त गरेपछि वीरगंज च्याप्टरका निवर्तमान अध्यक्ष अग्रवालले आयोजकप्रति आभार प्रकट गरेका छन् । वीरगंज च्याप्टरले गरेका काम र गतिविधिको मूल्याङ्कन गर्दै पुरस्कृत गरिएको हुँदा यसले आगामी दिनमा अझै सक्रिय भएर काम गर्ने हौसला मिलेको उनले बताए । 

एनवाइईएफ वीरगंज च्याप्टरका सम्पूर्ण टोलीको मेहनत, समर्पण र सहकार्यको भावनाको परिणाम स्वरूप अवार्ड प्राप्त भएको उनको बुझाई छ । औद्योगिक एवम् आर्थिक नगरी वीरगंज उद्यमशीलताको प्रवर्द्धन गर्न र युवालाई उद्यममा प्रेरित गर्ने कार्यमा सक्रिय पूर्वक काम गरिरहेको पनि उनले दाबी गरे । 

वीरगंज च्याप्टरसँगै काठमाडौँ च्याप्टरले पनि उत्कृष्ट च्याप्टरको अवार्ड प्राप्त गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...