Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पाेखरियामा दिउसै जेष्ठ नागरिक लुटिए

spot_img
spot_img

वीरगंज । पर्साकाे दाेस्राे सदरमुकामकाे रुपमा चिनिने पाेखरियामा दिउसाै एक जेष्ठ नागरिक लुटिएका छन् । पाेखरिया बजारमा बुधबार दिउसाे २ बजेकाे समयमा पाेखरिया नगरपालिकाकाे वडा नं. १ बनकटवा निवासी जेष्ठ नागरिक नारायण राम लुटिएका हुन् ।

पाेखरिया नगरपालिकाकाे वडा नं. ४ स्थित पाेखरिया बजारमा रहेकाे कृषि बिकास बैंकबाट समाजिक सुरक्षा भत्ता रु १२ हजार निकालेर पैदल घर फर्किरहेका आफु लुटिएकाे पिडितले वताएका छन् । पाेखरिया बजार मै रहेकाे श्री जिल्ला उच्चांगल रामदेव कलवार माद्यमिक विद्यालय अगाडी माेटरसाइकलमा सवारमा अज्ञात दुई जना व्यक्तिहरुले हामी घुमुवा प्रहरी हु भनि चेक जाँच गर्ने बहानामा आफुसंग रहेकाे रु १२ हजार लुटेर लगेकाे पिडित रामले वताएका हुन् ।

दिउसै बैंकबाट समाजिक सुरक्षा भात्ता निकालेर घर फर्कीरहेकाे जेष्ठ नागरिक लुटिने घटनाले स्थानिय सर्वसाधारण त्रसित भएका छन् ।

बैंकबाट समाजिक सुरक्षा भत्ता निकालेर घर फर्कीरहेका जेष्ठ नागरिक लुटिएकाे निवेदन परेकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक राजन ढकालले वताए । सिसि टिभि फुटेजकाे आधारमा लुटेराहरुकाे खाेजी कार्य भइरहेकाे उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...