Date
मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

क्रिकेटर धाेनीकाे जन्मदिन वीरगंजमा पनि मनाइयाे

वीरगंज । भारतिय क्रिकेटर महेन्द्र सिंह धाेनीकाे ४३ औं जन्मदिन वीरगंजमा पनि मनाइएकाे छ । एमएस धाेनी फैन क्लबले आइतबार वीरगंजमा आकास्मिक रक्तदान कार्यक्रम र आमाकाे माया छात्राबासमा खेलकुद र स्टेशनरी सामग्री सहयाेग गरेर धाेनीकाे जन्मदिन मनाएकाे हाे ।

- Advertisement -

रक्तसंचार केन्द्र वीरगंजमा भएका आकस्मिक रक्तदान कार्यक्रममा क्लबका आकाश गुप्ता, सन्दिप गुप्ता, पंकज पटेल, समिर अन्सारी र विकी सर्राफले रक्तदान गरेका थिए ।

 यसैगरी क्लबले वीरगंजस्थित आमाको माया छात्राबासमा खेलकुद र स्टेशनरी सामग्री सहयाेग गरेकाे थियाे । धाेनीकाे जन्मदिनकाे अवसरमा छात्राबासमा कक्षा १० काे ५५ सेट किताब ४ थान, १० सेट किताब ५ थान, कपी ६ दर्जन, ब्याट एक थान, विकेट दुई थान लगायतका सामग्री सहयाेग गरिएकाे क्लबका अध्यक्ष विकी सर्राफले जानकारी दिए ।

साे अवसरमा मानव सेवा आश्रम वीरगंज दिवेश गुप्ता, एमएस धाेनी फ्यान क्लबका गाैरव अग्रवाल, आरएन गुप्ता, सुजित गुप्ता, प्रिन्स गुप्ता, समिर हुसेन, ओम झा, सुरज सर्राफ लगायतकाे उपस्थिती रहेकाे थियाे ।

ताजा अपडेट

थप समाचार

धोनीकाे जन्मदिनकाे अवसरमा वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । विश्वप्रसिद्ध क्रिकेट खेलाडी महेन्द्र सिंह धोनीको जन्मदिनको अवसरमा एमएस धोनी फ्यान क्लब वीरगंजले विभिन्न सामाजिक गतिविधिहरू गरी जन्मोत्सव मनाएको छ। सोमबार क्लबको संयोजनमा...

रौतहट बमकाण्डमा घाइते गौरीशंकरको गुनासो : “शरीर जलेको छ, न्याय पनि जलेको छ”

वीरगंज । रौतहटको राजपुर फरहदवामा करिब १३ वर्षअघि भएको बम विस्फोटमा गम्भीर घाइते भएका प्रत्यक्षदर्शी गौरीशंकर राम चमारको पीडा फेरि सार्वजनिक भएको छ। नेपाली...

श्री ताराचन्दका विद्यार्थीलाई ब्याग वितरण

वीरगंज । वीरगंज महानगरपालिका–२ स्थित श्री ताराचन्द किसनलाल विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय झोला (ब्याग) वितरण गरिएको छ । वडाध्यक्ष महमद रेयाज मियाँको...