Date
बिहि, भदौ ४, २०८३
Thu, August 20, 2026

इन्सेककाे अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व शनिवार वीरगंजमा अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्साको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले जिल्लामा मानवअकिार उल्लंघनको घटना अभिलेखमा जिल्ला प्रहरी कार्यालय पर्साले बेवास्ता गरेको गुनासो गरेका हुन् ।

वीरगंजस्थित मधुशाला रेष्टुरेन्टमा भएकाे कार्यक्रममा इन्सेकको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै इन्सेक पर्साका जिल्ला प्रतिनिधि शम्भु कुमार सुमनले ६ महिनामा पर्सामा जम्मा १४ वटा मानवअधिकार उलंघनको घटना अभिलेख भएको जानकारी दिए । उनले प्रस्तुत गरेको प्रतिवेदनमा विद्यार्थीमाथि शिक्षकद्वारा कुटपिट, राजनीतिकर्मीमाथि भएको कुटपिटको घटना, छोरी जन्मिएपछि अस्पतालमै छोडेर आमा फरार, दाईजोको विषयमा विवाद हुँदा बेहुलासहित पाँच जना गिरफ्तारकाे घटना अभिलेख रहेको छ ।

त्यस्तै बालकलाई घर निर्माणको काममा लगाएका आरोपित विद्यालयका सञ्चालिका विरुद्ध उजुरी, प्रमुख प्रशासकीय अधिकृतमाथि जनप्रतिनिधिद्वारा नै दुर्ब्यवहार, प्रहरीको कुटपिटबाट इ–रिक्सा चालक घाईते, म्याद गुज्रिएको केमिकल र औषधि प्रयोग गरेको आरोपमा अस्पतालका प्रबन्ध निर्देशक र डाक्टर गिरफ्तारको घटना पनि अभिलेख गरिएको इन्सेकका प्रतिनिधि सुमनले जानकारी दिए ।

त्यसैगरी, ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार, महिला हत्या घटनाका आरोपितहरु विरुद्ध उजुरी, यौन दुर्ब्यवहार, बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी, हत्या घटनाका आरोपित फरार पक्राउ र पत्रकारमाथि प्रहरीद्वारा भएको दुर्ब्यवहारकाे घटना पनि इन्सेकद्वारा प्रकाशित हुने मानव अधिकार बर्ष पुस्तकको लागि अभिलेख गरिएको सुमनले जानकारी दिए ।

यसबाहेक जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएका मानव अधिकार उल्लंघनका घटनाहरुको विषयमा खासै अभिलेख उपलब्ध नभएको उनले बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पर्साका जिम्मेवार व्यक्तिहरु पनि उपस्थित नभएपछि प्रहरी मानव अधिकारको विषयमा गम्भीर नदेखिएको सहभागीहरुले गुनासो गरेका थिए ।

पत्रकार एवम् दलित अधिकारकर्मी बृजलाल पासवानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधि प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्द, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, पूर्व उपाध्यक्ष एवम् रेडियाे वीरगंजका अध्यक्ष ध्रुव साह, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय महतो, प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष दिपक गौतम, केन्द्रिय सदस्य नीरज पिठाकोटे मगर, जगत राई, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य मनोज पटेल, अफरोज अपर्ण, स्वतन्त्र मानव अधिकार समाजका प्रतिनिधि राम हरि तिवारी, ब्रिलिएन्ट युवा क्लबका सचिव उमाशंकर साह, भाेलन्टियर समुहका संयाेजक राजन श्रीवास्तव लगायतका सञ्चारकर्मी र मानवअधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...