Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पत्रकार महासंघ पर्सामा प्रेस युनियनद्वारा पनि तालाबन्दी

spot_img
spot_img

वीरगंज । नेपाल प्रेस युनियन पर्साले पनि वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा तालाबन्दी गरेको छ ।

महासंघको विधान र प्रकृया विपरित महासंघको केन्द्रिय कार्यसमितिले महासंघको मतदाता नामावली प्रकाशीत गरी जबरजस्ति निर्वाचन गराउन खोजेको भन्दै प्रेस युनिउन पर्साले पत्रकार महासंघ पर्साको शाखा कार्यालयमा शनिबार तालाबन्दी गरेको हो ।

प्रेस युनियन पर्साका अध्यक्ष विजय महतो नेतृत्वको टोलीले पत्रकार महासंघ पर्सा शाखाकोे कार्यालयमा तालाबन्दी गर्दै विधाननसम्मत मतदाता नामावली प्रकाशीत गरेर मात्रै निर्वाचन प्रकृया अगाडि बढाउन मागपनि गरेको छ ।

प्रेस युनियन पर्साका अध्यक्ष महतोले तालाबन्दी आँफुहरुको रहर नभई बाध्यता भएको बताए । महासंघको केन्द्रिय नेततृत्वले जिल्ला शाखा र प्रदेश शाखाबाट गरेको सिफारिसलाई लत्याएर कुनै संगठन विशेषलाई मात्र लाभ हुने गरी विधि र प्रकृया मिचेर मतदाता नामावली प्रकाशीत गरेकोले विरोध गर्नुपरेको बताए । उनले मतदाता नामावलीप्रति भइरहेको विवाद नसुल्झाएसम्म पर्सा शाखामा निर्वाचन हुन नदिने चेतावनीपनि दिए ।

तालाबन्दी कार्यक्रममा प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी, जिल्ला उपाध्यक्षद्वय क्रान्ति शाह र अली असगर देवान, सचिव इरफान अली, कोषाध्यक्ष कपिलदेव यादव, युनियन पर्साका पूर्वसचिव लालकिशोर सिंह, हुकुम सिंह, प्रेस मञ्चका केन्द्रिय उपाध्यक्ष वीरेन्द्र यादव हिटलर, केन्द्रिय सददस्य त्रिलोकी यादव, जाकिर हुसेन लगायतको सहभागीता थियाो ।

प्रेस युनियनले गरेको तालाबन्दीमा प्रेस मंचको पनि एकबद्धता रहेको छ । यश अघि नै समाजवादी प्रेस संंगठन नेपाल पर्साले पनि महासंंघ पर्साको कार्यालयमा गरेको तालाबन्दी यथावत नै रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...