Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

संकल्प लाेक सेवाकाे सम्पूर्ण कक्षाहरु पुन: संचालन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ८ स्थित जिल्ला प्रहरी कार्यालय नजिक रहेकाे संकल्प लाेक सेवा आयाेगकाे सम्पूर्ण तयारीका कक्षाहरु पुन: संचालनमा आएका छन् । 

आगलागीले क्षतिग्रस्त भएकाे संकल्पकाे सम्पूर्ण तयारी कक्षाहरु पुन: संचालमा आएकाे संचालक अशाेक साहले जानकारी दिए । इन्सच्युट भएकै ठाउँमा अर्काे भवनमा तत्कालकाे लागि व्यवस्थापन गरेर सम्पूर्ण कक्षाहरु संचालनमा ल्याइएकाे संचालक साहले वताए । पहिलाकाे भवन पुन: व्यवस्थापन गर्ने काम समेत सुरु गरिएकाे उनले जानकारी गराए ।

विधार्थी, अभिभावक, ईष्ट मित्र, परिवारका सदस्य तथा आफनत अदिको सहयोग तथा हौसलाले थप उर्जाको साथ पुन: कक्षाहरु संचालन गरिएकाे संचालक साहले वताए । पुराना सम्पूर्ण कक्षाका साथै नयाँ तयारी कक्षाहरु पनि संचालनमा ल्याइएकाे उनले जानकारी गराए ।

असार ६ गते मध्य रातिमा संकल्प लाेक सेवामा आगलागी हुँदा केही दिन सम्पुर्ण कक्षाहरु बन्द भएको थियो । आगलागीमा इन्सच्युट भित्र रहेकाे फर्निचर, कागजात लगायतका सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएकाे थियाे । आगलागीले ५० लाख भन्दा बढी क्षति भएकाे थियाे । 

आगलागीमा इन्सच्युट भित्र रहेका स्मार्ट बाेर्ड ३ वटा, डेस्क बेन्च ७० सेट, ४३ इन्चकाे टिभि १ वटा, कम्प्युटर ६ वटा, ल्यापटप ३ वटा, प्रिन्टर ४ वटा, प्राेजेक्टर २ वटा, प्रिज १ वटा, जरनेटर १ वटा, अफिस टेबल ३ वटा, पंखा ४५ वटा, धराज, कुर्सी लगायतका सामग्री जलेर नष्ट भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...