Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

संकल्प लाेक सेवाकाे सम्पूर्ण कक्षाहरु पुन: संचालन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ८ स्थित जिल्ला प्रहरी कार्यालय नजिक रहेकाे संकल्प लाेक सेवा आयाेगकाे सम्पूर्ण तयारीका कक्षाहरु पुन: संचालनमा आएका छन् । 

आगलागीले क्षतिग्रस्त भएकाे संकल्पकाे सम्पूर्ण तयारी कक्षाहरु पुन: संचालमा आएकाे संचालक अशाेक साहले जानकारी दिए । इन्सच्युट भएकै ठाउँमा अर्काे भवनमा तत्कालकाे लागि व्यवस्थापन गरेर सम्पूर्ण कक्षाहरु संचालनमा ल्याइएकाे संचालक साहले वताए । पहिलाकाे भवन पुन: व्यवस्थापन गर्ने काम समेत सुरु गरिएकाे उनले जानकारी गराए ।

विधार्थी, अभिभावक, ईष्ट मित्र, परिवारका सदस्य तथा आफनत अदिको सहयोग तथा हौसलाले थप उर्जाको साथ पुन: कक्षाहरु संचालन गरिएकाे संचालक साहले वताए । पुराना सम्पूर्ण कक्षाका साथै नयाँ तयारी कक्षाहरु पनि संचालनमा ल्याइएकाे उनले जानकारी गराए ।

असार ६ गते मध्य रातिमा संकल्प लाेक सेवामा आगलागी हुँदा केही दिन सम्पुर्ण कक्षाहरु बन्द भएको थियो । आगलागीमा इन्सच्युट भित्र रहेकाे फर्निचर, कागजात लगायतका सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएकाे थियाे । आगलागीले ५० लाख भन्दा बढी क्षति भएकाे थियाे । 

आगलागीमा इन्सच्युट भित्र रहेका स्मार्ट बाेर्ड ३ वटा, डेस्क बेन्च ७० सेट, ४३ इन्चकाे टिभि १ वटा, कम्प्युटर ६ वटा, ल्यापटप ३ वटा, प्रिन्टर ४ वटा, प्राेजेक्टर २ वटा, प्रिज १ वटा, जरनेटर १ वटा, अफिस टेबल ३ वटा, पंखा ४५ वटा, धराज, कुर्सी लगायतका सामग्री जलेर नष्ट भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...