Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

ठाेरीबाट हातीको दारासहित ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । जंगली हातीको दुई वटा दारासहित ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ गोरखपुर टालबाट प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो । 

पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ बिजयबस्ती गुम्बालाइन बस्ने ४१ वर्षीय कुइसंग लामा, वीरगंज महानगरपालिका वडा नम्बर १४ पिप्रा बस्ने ४० वर्षीय प्रेम शर्मा र वीरगंज महानगरपालिका वडा नम्बर ३१ बस्ने ३१ वर्षीय अमिरीलाल महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए । 

ठोरी गाउँपालिका वडा नम्बर ४ का चन्द्र परियारको खेतमा खाल्डो खनी अनुमानित २१/२१ किलोग्रा मतौल भएको दुई वटा हातीको दारा फेला परेको प्रवक्ता भारतीले वताए । हातीको दारा विक्रि गर्नका लागि ग्राहक खोजी भइरहेको सूचनाको आधारमा प्रहरीले अनुसन्धान तिव्र बनाएको प्रहरी नायब उपरीक्षक भारतीले बताए । 

अनुसन्धानको क्रममा नेपाली ५० रुपैयाँको नोटमा सूचना स्वरुप मिति उल्लेख भएको तस्बिर र भिडियो, २१/२१ किलोग्राम वजन भएको हातीका दारा दुई थान र मोबाईल एक थान बरामद भएको डिएसपी भारतीले बताए । 

तीनै जना विरुद्ध डिभिजन वन कार्यालयसँगको समन्वयमा थप अनुसन्धान र कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...