Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

वीरगंजस्थित संकल्प लाेक सेवामा आगलागी, ५० लाखकाे क्षति

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाे वडा नं. ८ स्थित जिल्ला प्रहरी कार्यालय पर्सा नजिक रहेकाे संकल्प लाेक सेवा इन्सच्युटमा बुधबार राति आगलागी भएकाे छ । मध्य रातिमा भएकाे आगलागीमा इन्सच्युट भित्र रहेकाे फर्निचर, कागजात लगायतका सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएका छन् ।

अन्दाजी १२ बजे राति भएकाे आगलागीमा इन्सच्युट भित्र रहेका स्मार्ट बाेर्ड ३ वटा, डेस्क बेन्च ७० सेट, ४३ इन्चकाे टिभि १ वटा, कम्प्युटर ६ वटा, ल्यापटप ३ वटा, प्रिन्टर ४ वटा, प्राेजेक्टर २ वटा, प्रिज १ वटा, जरनेटर १ वटा, अफिस टेबल ३ वटा, पंखा ४५ वटा, धराज, कुर्सी लगायतका सामग्री जलेर नष्ट भएकाे इन्सच्युटका संचालक अशाेक साहले जानकारी दिए । आगलागीमा रु ५० लाख भन्दा बढी क्षति भएकाे पिडित साहले वताए ।

आगलागीकाे कारण हाल सम्म खुल्न नसकेकाे पिडित साहले वताए । राति १२:३० मा स्थानियबाट आगलागी बारे आफु थाहा पाए लगतै इन्सच्युट पुगेकाे साहले वताए । उनले भने “आफु आगलागी स्थल पुग्दा इन्सच्युटमा पुरै आगाे बली रहेकाे थियाे । जिल्ला प्रहरी कार्यालय र विपद व्यवस्थापन कार्यालय नजिक भएपनि प्रहरी वा दमकल पुगेकाे थिएन । त्यसपछि आफुले फाेन गर्दा आधा घण्टापछि मात्र वीरगंज महानगरपालिकाकाे दमकल पुग्याे र त्यसपछि मात्र प्रहरी र नजिकै रहेकाे विपद ब्यवस्थापन कार्यालयकाे दमकल पुग्याे ।”

समयमै प्रहरी र दमकल पुगेकाे भए त्यती बढी क्षति हुने थिएन साहले दु;खेसाे समेत पाेखे । समयमै आगाे निभाउन नसक्दा संकलप नजिक रहेकाे मधेस लोक सेवा तयारी केन्द्रमा समेत क्षति पुगेकाे पिडित साहले वताए । आगलगाीकाे कसरी भयाे भने बारे अनुसन्धान र छानविन हुनु पर्ने उनले माग समेत गरे ।

आगलागीका कारण बिहिबार विहानकाे सम्पूर्ण कक्षाहरु स्थगित भएकाे थियाे । विहान पढन इन्सच्युट पुगेका सयाैं विद्यार्थीहरु कक्षा काेठा आगलागीले खरानी भएकाे देखेर दुखित भएर घर फर्केका थिए । अरु ठाउँमा कक्षा संचालनकाे लागि व्यस्था नहुन्जेलकाे लागि सम्पूर्ण कक्षा स्थगित गरिएकाे संचालक साहले वताए । तत्कालकाे लागि एक/दुई दिन भित्र नै अरु ठाउँमा कक्षा काेठाकाे व्यस्थापन गरि पुन: नियमित रुपमा कक्षा संचालन गरिने संचालक साहले जानकारी गराए ।

आगलागी बारे बुझ्न जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीसंग फाेनमा सम्पर्क गर्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...