Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पाेखरियामा आगलागी, एउटा घर जल्याे

spot_img
spot_img

पाेखरिया । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा बिहिबार राती आगलागी भएकाे छ । राति २ बजेको समयमा भएकाे आगलागीमा स्थानिय इम्तियाज आलमको फुसको घर पूर्ण रुपले जलेर नष्ट भएकाे प्रहरीले जनाएकाे छ ।

आगलागीमा घरमा रहेकाे एउटा भैंसी र १६ वटा खसीबाख्रापनि जलेर मरेको इलाका प्रहरी कार्यालय पाेखरियाले जनाएकाे छ । आगलागीले करिब रु ५ लाख बराबरको क्षति भएकाे वडाध्यक्ष लक्षमण साह कानूले जानकारी दिए ।

बिधुतको नांगो तार हावाले एक आपसमा लडेर फुसको छाना भएकाे घरमा आगलागी भएकाे स्थानियले वताएका छन् ।

 आलमकाे घरगोठमा लागेको आगो पोखरिया नगरपालिकाको दमकल, स्थानीयबासी र प्रहरीकाे सहयाेगमा नियन्त्रणमा आएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक राजन दहालले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...