Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

पारुल युनभर्सिटीमा नेपाली विद्यार्थीलाई ५० प्रतिशत छुट

spot_img
spot_img

वीरगंज । भारतको गुजरात प्रान्तको बडोदरामा रहेको पारुल युनिभर्सिटीमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई ५० प्रतिशत छुट दिदैं आएको बताइएको छ ।

वीरगंजमा बिहीबार नेसेन्ट एजुकेशन फाउण्डेशनमा आयोजित पत्रकार सम्मेलनमा पारुल युनिभर्सिटीका बजार प्रबन्धक नीरजकुमार साहले नेपाली विद्यार्थीलाई युनिभर्सिटीले ५० प्रतिशत शुल्क छुट दिने गरेको जानकारी गराए ।

आर्थिक रुपमा कमजोर रहेका परिवारका छोराछोरीहरु उच्च शिक्षा अध्यननबाट बञ्चित नहुन भनेर नेपालसहित सार्क मुलुकका विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा अध्ययनको व्यवस्था मिलाइएको साहले बताए ।

उनले भाारतको उत्कृष्ट युनिभर्सिटीका रुपमा स्थापित पारुल युनभर्सिटीमा विभिन्न ७५ देशका गरी हाल ४७ हजार विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी गराए । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुको मुख्य रोजाईमा पारुल युनभिर्सटी रहेको भन्दै उनले हरेक बर्ष नेपालका ५ सय भन्दा बढी नेपाली विद्यार्थीहरु भर्नाका लागि पुग्ने गरेको बताए ।

उनका अनुसार, झण्डै २५० एकड क्षेत्रफलमा रहेको पारुल युनिभर्सिटीमा इन्जिनियरीङ, मेडिकल, व्यवस्थापन, विज्ञान,फेसन डिजाइनिङ, आइटी लगायतका विभिन्न संकायका गरी २५० भन्दा बढी कोर्सहरुको अध्ययन अध्यापन हुने गरेको छ ।

पारुल युनिभर्सिटीमा सुविधा सम्पन्न छात्रावासका साथै आफनै मल्टिस्पेसिलिटी अस्पताल रहेको भन्दै युनिभर्सिटीका सहायक बजार प्रबन्धक विश्वराज प्रसादले त्यहाँ भर्ना भइ अध्ययनरत विदार्थीहरुले आफनै गाँउघरको जस्तो अनूभूती गर्न पाउने बताए । हाल युनिभर्सिटीमा ३ हजार नेपली विद्यार्थीहरु अध्ययनरत रहेको जानकारीपनि उनले गराए ।

पत्रकार सम्मेलनमा वीरगंजकाे लिंकरोडको नेसेन्ट एजुकेशन फाउण्डेसनका सञ्चालक रन्जित पण्डितले आफनो कार्यालयमा परामर्शका लागि आउने विद्यार्थीहरुको पहिलो रोजाई पारुल युनिभर्सिटी नै हुने गरेको दाबी गरे । उनले हालसम्म नेपालबाट सयौं विद्यार्थीहरु पारुल युनिभर्सिटीमा भर्ना भई अध्ययन गरेर उदाहरणीय सफलता हासिल गरिसकेको बताए ।

पारुल युनिभर्सिटीमा सन् २०२४/२५ को शैक्षिकसत्रका लागि भर्ना हुन चाहने नेपााली विद्यार्थीले वीरगंजकाे लिंकरोडस्थित नेसेन्ट एजुकेशन फाउण्डेसनमा सम्पर्क गरेर परामर्श लिन सक्ने नेसेन्ट एजुकेशन फाउण्डेसनका अजित चाैरसियाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...