Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

विश्व रक्तदाता दिवसमा ब्लड डाेनर्स एसाेसिएशनले ९८ ब्यक्ति र संस्थालाई सम्मान गर्ने

spot_img
spot_img

वीरगंज । ब्लड डाेनर्स एसाेसिएशन नेपाल पर्साले विश्व रक्तदाता दिवसकाे अवसरमा जेठ ३२ गते शुक्रबार सम्मान कार्यक्रम गर्ने भएकाे छ ।

ब्लड डाेनर्स एसाेसिएशनले बुधबार पत्रकार सम्मेलन गर्दै ५० जना भन्दी बढी रक्तदान गर्ने ८१ ब्यक्ति र संस्थालाई यस बर्ष सम्मान गर्न लागिएकाे जानकारी गराएकाे हाे । यस अघि विश्व रक्तदाता दिवसकाे अवसरमा एक सय जना भन्दा बढी रक्तदान गर्ने ब्यक्ति र संस्थाहरुलाई सम्मान गर्दै आइएकाेमा यस बर्ष ५० जना भन्दा बढी रक्तदान गर्नेहरुलाई सम्मान गरिने ब्लड डाेनर्स एसाेसिएशन पर्साका सचिव अरबिन्द सिंहले वताए ।

यसका साथै निशुल्क रगत उपलब्ध गराउन रक्त संचार केन्द्र संग सम्झाैता गर्ने १७ ब्यक्ति र संस्थालाई सम्मान गर्ने पनि कार्यक्रम रहेकाे सचिव सिंहले जानकारी दिए । यसैगरी आकस्मिक रक्तदाता र प्रत्येक ३/३ महिनामा रक्तदान गर्ने र गराउनेलाई पनि सम्मान गरिने उनले वताए ।

सचिव सिंहका अनुसार २०८० सालमा १४ हजार ५८३ पिन्ट रक्तदान कार्यक्रम मार्फत रगत संकलन भएकाे छ भने १६ हजार ३३० पिन्ट रगत वितरण भएकाे छ । रगत संकलन भएकाे भन्दा बढी वितरण भएका रगतहरु आकस्मिक रक्तदाताबाट रगत संकलन भएकाे हाे । रक्तदान गर्नेहरुमा १३ हजार ६१४ पुरुष र एक हजार २९ महिला रहेका छन् ।

२०८० सालमा सब भन्दा बढी ४६५ जनाले राउन्ड टेबल नेपालले आयाेजना गरेकाे कार्यक्रममा रक्तदान गरेकाे ब्लड डाेनर्स एसाेसिएशन पर्साका अध्यक्ष शत्रुधन नेपालले वताए । उनले दाेस्राे स्थान इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीकाे कार्यक्रममा ३ सय जना र तेस्राे स्थानमा रेडियाे वीरगंजले आयाेजना गरेकाे कार्यक्रममा २४५ जनाले रक्तदान गरेकाे जानकारी गराए ।

अहिले सम्म ग्रामिण भेगमा आयाेजित कार्यक्रम मध्ये सबै भन्दा बढी इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीले पटेर्वा सुगाैलीमा आयाेजना गरेकाे कार्यक्रममा रक्तदान गरेकाे अध्यक्ष नेपालले वताए ।

वीरगंजस्थित मधुशाला रेस्टुरेन्टमा आयाेजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, ब्लड डाेनर्स एसाेसिएशनका सदस्य श्याम गुप्ता, आकस्मिक रक्तदाता क्लबका सचिव राजन श्रीवास्तव लगायत संचारकर्मीहरुकाे उपस्थिती रहेकाे थियाे । 

सम्मानित हुने ब्यक्ति र संस्थाकाे नामावली

निशुल्क रगत उपलब्ध गराउन सम्झाैता गर्ने सम्मानित हुने ब्यक्ति र संस्था

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...