Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

दशगजा क्षेत्रमा गाडिएकाे अवस्थामा दुई जनाकाे शव फेला

spot_img
spot_img

वीरगंज । भारतसंग सीमा जोडिएको पर्साको जगरनाथपुर गाँउपालिकाको दशगजा क्षेत्रमा गाडिएको अवस्थामा दुई जना पुरुषको शव फेला परेको छ ।

जगरनाथपुर गाउँपालिका वडा नम्बर १ बिसनपुर्वाबाट भारत बिहारको नगरदेही जाने बाटो छेउको नेपाल तर्फ पर्ने ओरिया खोलास्थित दशगजा क्षेत्रमै मंगलबार बिहान पहिचान खुल्न नसकेका दुई पुरुषको शव भेटिएको हो ।

दशगजा क्षेत्रमा पर्ने ओरिया खोलामा रहेको ४२१/५ नम्बरको सीमा पिल्लर नजिकै बालुवामा गाडिएको अवस्थामा अन्दाजी ३५/४० बर्ष उमेरको जस्तो देखिने दुई पुरुषको शव भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

मंगलबार बिहान ७ बजेतिर दशगजा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी र भारतको एसएसबीको संयुक्त टोलीले गस्ती गर्ने क्रममा गाडिएको अवस्थामा ती दुवै शव भेटिएको हो ।

शव भेटिएको स्थल नेपाल तर्फको भूभाग रहेको भन्दै भारतीले पहिचान भने खुल्न नसकेको बताए । गाडिएको शव निकालेर पोष्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएको भारतीले जानकारी दिए । दुवै शवको पहिचान अहिलेसम्म खुल्न नसकेकाे उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...