Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

पटेर्वा सुगाैली गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकामा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष दिनेश प्रसाद चाैधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सहभागिहरुले गाउँपालिकामा लागु औषध प्रयाेगकर्ताकाे संख्या बढ्दै गएकाे भन्दै नियन्त्रण गर्नु पर्ने वताए ।

कार्यक्रममा सहभागिहरु जनप्रतिनिधिसंग आफ्नाे जिज्ञासा राख्दै गाउँबासीहरुले कृषि प्रधान गाउँपालिका भएका कारण कृषीमा बढी ध्यान दिनु पर्ने सुझाव दिए । साथै केही ठाउँमा गाउँपालिकाबाट सडक निर्माण भएपनि नाला निर्माण नभएका कारण नाला पनि निर्माण गर्नु पर्ने वताए ।

गाउँपालिका परिसरमा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष चाैधरीले लागु औषध मुक्त गाउँपालिका बनाउन आफुहरु लागि परेकाे वताए । उनले लागु औषध नियन्त्रणकाे लागि गाउँपालिकाबाट विभिन्न कार्यक्रम गरिदै आईएकाे वताउँदै पूर्ण रुपले नियन्त्रण गर्न गाउँपालिका लागि परेकाे वताए ।

अध्यक्ष चाैधरीले मधेश प्रदेश कै पहिलाे गाउँपालिका पटेर्वा सुगाैलीले १० सैयाकाे अस्पताल संचालनमा ल्याउन लागेकाे वताए । उनले भने “हामीले बिकास निर्माण अन्तर्गत माटाेपुरी ग्रभेल गरेका छैनाैं, ढलान र कालाे पत्र सडक मात्र गर्दै आएका छाैं । जस अन्तर्गत नै हाम्राे गाउँपालिका मै रहेकाे प्रसिद्ध धार्मिक पर्यटकिय स्थल भाठा धाम सम्म कालाे पत्र सडक गर्ने काम भइरहेकाे छ ।”

साथै गाउँपालिकाकाे आफ्नै प्रासनिक भवन निर्माणकाे अन्तिम चरणमा छ, महिलालाई आत्मनिर्भर बनाउन पनि गाउँपालिकाले विभिन्न किसिमकाे सिपमूलक कार्यक्रम संचालनकाे साथै बजार ब्यवास्थापनकाे काममा पनि लागेकाे अध्यक्ष चाैधरीले वताए ।

उनले कृषि अन्तर्ग गाउँपालिकाकाले विभिन्न किसिमकाे कृषि उपकरणहरु वितरण गरेकाे वताउँदै अगामी बर्ष अझै बढी कृषीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन प्रतिबद्धता समेत जनाए ।

अध्यक्ष चौधरीले दुई वर्षको कार्यकालमा विकास निर्माणका कामसँगै सीमान्तकृत र अल्पसङ्ख्यक समुदायको सशक्तीकरणलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले उपलब्ध बजेट र साधन श्रोतको भरपुर उपयोग गरेर विकास निर्माणका कामहरू गरिरहेको बताए । यससँगै खागसरि समाजमा पिछडिएका महिला, दलित, अल्पसङ्ख्यक समुदायलाई सिपमूलक तालिम प्रदान गर्दै उनीहरूको आर्थिक जीवनस्तर  उकास्ने काम गरिरहेको पनि उनले बताए । 

सृजनशिल महिला बिकास केन्द्र वीरगंजकाे सहजिकरणमा गाउँपालिका कार्यालयले आयाेजना गरेकाे कार्यक्रममा गाउँपालिकाकाे सेवा प्रवाहकाे बारेमा तयार पारिएकाे सर्बेकाे प्रतिवेदन समेत प्रस्तुत गरिएकाे थियाे ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष ममता महताे थारु, प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह, वडाध्यक्ष विजय गैरे, बासु पंजियार, माधाे राउत, विपिन मुखिया, इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी बरिष्ठ नायब निरिक्षक बाबुराम ढकाल, गाउँ सभा सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु, संचारकर्मीहरु लगायत स्थानियहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...