Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पाेखरिया अस्पतालमा जटिल समस्याबाट ग्रसित बिरामीहरुको नि:शुल्क उपचार गर्न छलफल

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया अस्पतालमा मेडिसिटी अस्पताल काठमांडौको सहकार्यमा विभिन्न जटिल समस्याबाट ग्रसित बिरामीहरुको नि:शुल्क उपचार गरिने सम्बन्धमा साेमबार छलफल भएकाे छ ।

पोखरिया अस्पतालका ब्यवस्थापन समिति अध्यक्ष तथा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहान, पोखरिया अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल यादव र मेडिसिटी अस्पताल काठमांडौको निर्देशक विजय रिमालसंग पोखरिया अस्पतालमा छलफल भएकाे हाे ।

छलफलमा मेडिसिटी अस्पताल निर्देशक रिमालले गाउँमा स्क्रीनिंग गरेका बिरामीको पैसाको अभावमा अल्प आयुमै ज्यान गुमाउनु पर्ने बाध्यतालाई सहजीकरण गरी पोखरिया अस्पताल मै जटिल भन्दा जटिल समस्याबाट ग्रसित बिरामीको नि:शुल्क उपचार गर्न आफुहरु तयार रहेकाे वताए ।

पोखरिया अस्पतालको सभा हलमा भयको छलफलमा नेपाल मेडिसिटी बयोधा अस्पताल बीरगंजका प्रशासन प्रमुख विष्णु पटेल, डा विश्वनाथ कण्ठ, भुवन आलम, वडा नम्बर ४ का वडाध्यक्ष लक्षमण साह कानू, पोखरिया अस्पतालका प्रशासन शाखाका लक्ष्मी प्रसाद चौहान, बृजेश द्विवेदी लगायत्तका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...