Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पानीटंकीस्थित माेटरसाइकलकाे पाटपुर्जा राखिएकाे गाेदाममा छापा

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ८ पानीटंकीस्थित एक माेटरसाइकलकाे पाटपुर्जा राखिएकाे गाेदाममा प्रहरीले छापामारी गरेकाे छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम शाखाका इन्चार्ज प्रहरी निरिक्षक दावा तेन्जीङ शेर्पा नेतृत्वकाे सिबिर ड्रेसकाे प्रहरी टाेलीले पानीटंकीस्थित मुकेश राैनियारकाे घरमा भाडा लिएर अजय गुप्ताले संचालन गरेकाे गाेदाममा छापामारी गरेकाे हाे ।

विशेष सुचनाकाे आधारमा साेमबार दिउसाे पुगेकाे शेर्पा नेतृत्वकाे प्रहरी टाेलीले उक्त गाेदामबाट रु १० लाख बराबरकाे भन्सार छलिकाे माेटरसाइकलकाे विभिन्न पार्टपुर्जाहरु बरामद भएकाे प्रहरीले जनाएकाे छ । 

पानीटंकीस्थित नै रहेकाे एक माेटरसाइकल पाटपुर्जा बिक्री गर्ने पसलकाे गाेदाम रहेकाे छ । तर उक्त पसलकाे नाम खुल्न नसकेकाे प्रहरीकाे भनाई छ । गाेदामका संचालक र पसलकाे बारेमा अनुसन्धान भइरहेकाे प्रहरी निरिक्षक शेर्पाले वताए । 

प्रहरी गाेदाममा पुगेपछि गाेदाम संचालक सम्पर्क विहिन भएका थिए । प्रहरीका अनुसार आफुहरु गाेदाममा पुग्दा माेटरसाइककाे पाटपुर्जा राखिएकाे काेठा खुल्ला थियाे । तर मान्छे काेही थिएन । खाेजतलाश गर्दा पनि काेही सम्पर्कमा आएनन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...