Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी युनिट युवा क्लबलाई

spot_img
spot_img

वीरगंज । वीरगंजमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको  उपाधी युनिट युवा क्लब श्रीसियाले उचालेको छ । पर्सा जिल्ला फुटबल संघको आयोजनामा भएको  प्रतियोगितामा भेट्रान्स सिटि क्लब वीरगंजलाई युनिट युवा क्लबले ३-२ गोलअन्तरले पराजित गरेको हो ।

आदर्शनगर खेल मैदान भएको फाइनल खेलमा खेलको ८ औं मिनेटमा भेट्रान्स सिटि क्लबका रवि चौधरीले पहिलो गोल गरे । सुरु देखि रोमाञ्चक बनेको खेलमा भेट्रान्स सिटि क्लबका खेलाडीले आफैले आत्मघाती गोल गरेर बराबरीमा पुर्याए । युनिट युवा क्लबका खेलाडी २५ औं मिनेटमा सुनिल गुरुङले आफ्नो टिमको लागि दोस्रो गोल गरेका थिए ।

दोस्रो गोल गरेको युनिटी युवा क्लबले खेलको २६ औं मिनेटमा दोस्रो गोल खाएको थियाे । उक्त गोल भेट्रान्स सिटि क्लबका रवि चौधरीले गरे । दुई-दुई गोलको बराबरीमा पुगेको खेलमा २९ औं मिनेटम युनिटी युवा क्लबका रेमन डंगोलले गरे । 

शनिबारकाे खेलमा म्यान अफ दि म्याद युनिटि युवा क्लबका रेमन डंगोलले घोषित भए । लिगका विजेता र उपविजेता टिमले शिल्ड, मेडल र प्रमाणपत्र पाएका थिए ।

पर्सा जिल्ला फुटबल संघ पर्साका अध्यक्ष रोसन कलवारको अध्यक्षता भएको समापन कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह,  अखिल नेपाल फुटबल संघ मधेस प्रदेशका महासचिव दिपक साह, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जारा, नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव, भेट्रान सिटि क्लब वीरगंजका अध्यक्ष सबिन बस्नेत, उपाध्यक्ष सागर राणा लगायतकाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण पर्सा जिल्ला फुटबल संघका महासचिव बिनोद परियारले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष पंकज श्रेष्ठले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...