Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

प्रहरी चाैकी इनर्वाकाे कार्यक्रममा १३१ जनाद्वारा रक्तदान

spot_img
spot_img
वीरगंज । नेपालको मुख्य प्रवेशद्वार शंकराचार्यद्वारमा शनिबार “रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । प्रहरी चौकी ईनर्वाको आयोजनामा भएकाे कार्यक्रममा २ महिला सहित १३१ जनाले रक्तदान गरेकाे रेडक्रसका राजन श्रीवास्तवले जानकारी दिए ।
 
प्रहरी चौकी ईनर्वाका ईन्चार्ज प्रहरी नायब निरिक्षक (सई) तेजप्रताप सिंहको अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रमकाे उद्घाटन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक (एसपी) कुमाेध ढुंगेलले गरेका थिए । साे कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दिपक भारती, संचारकर्मी राकेश साह गोंढ, रामप्रवेश साह कानु, भगवान कुर्मी, उमेश लामा, राजेश दुवे, अलि अख्तर, हरिमोहन रौनियार लगायतकाले रक्तदान गरेका थिए ।
 
गर्मीको समयमा रक्तदान कार्यक्रममा कमि देखिएकोले अस्पतालमा उपचार गराउन आउने बिरामी ब्यक्तिहरुलाई सहयोगको भावना राखेर खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएकाे सई सिंहले वताए । आफु जहाँ गएपनि मानविय सेवा अन्तर्गत रक्तदान कार्यक्रम गर्दै आएकाे सई सिंहले वताए ।
 
पर्साका प्रहरी उपरिक्षक कुमोद ढुंगेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पर्साका प्रहरी नायव उपरिक्षक केशर न्यौपाने, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक पुष्कर वोगटी, वडा नम्बर २ का वडाध्यक्ष महमद रेयाज, वडा नम्बर १६ का वडाध्यक्ष प्रशुराम चौरसिया, रक्त संचार केन्द्र वीरगंजका मनिष कुमार साह लगायतको उपस्थिती रहेकाे थियो ।
 
सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया, वीरगंज २ काे वडा कार्यालय र वीरगंज १६ काे वडा कार्यालयकाे सहयाेगमा रक्तदान कार्यक्रम भएकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...