Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

राैतहटमा घर बनाई दिन्छु भनि लाखाैं रकम ठगी गर्ने ६ जना पक्राउ

spot_img
spot_img

वीरगंज । राैतहटमा जनता आवास कार्यक्रम अन्तर्गत घर बनाई दिन्छु भनि गरिव र विपन्न समुदायको मानिसहरुबाट रकम ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरीले रौतहटकाे माधबनारायण नगरपालीका वडा नं. ७ लौकाहा निवासी ५२ बर्षिय रामनाथ माझी, साेही ठाउँ निवासी ३२ बर्षिय प्रकाश माझी, राैतहट कै गरुडा नगरपालीका वडा नं.-६ पोठियाही निवासी ४० बर्षिय राकेश महरा, गरुडा नगरपालीका कै वडा नं ९ गेडिगुठी निवासी २५ बर्षिय सिकिन्द्र ठाकुर लोहार, गरुडा नगरपालीका कै वडा नं.-५ शिवनगर निवासी ७१ बर्षिय मुगलाल महरा र गरुडा नगरपालीका कै वडा नं.-९ निवासी ४५ बर्षिय रामकली देवीलाई पक्राउ गरेकाे हाे ।

गरिव विपन्न वर्गका मानिसहरुलाई आवास (घर) बनाई दिने भनी रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक एलिजा गिरीले जानकारी दिइन ।

रौतहट कै माधवनारायण नगरपालिकाकाे वडा नं.०८ रजवडा टोल स्थितका स्थानिय विपन्न वर्गका मानिसहरुलाई मधेश प्रदेशको शहरी बिकास मन्त्रालयले गरिव र विपन्न वर्गका घर परिवारका मानिसहरुलाई आवास वनाई दिने कार्यादेश प्राप्त भएको छ भनी विभिन्न लोभ प्रलोभन देखाई प्रति घर रु. १० हजार देखी ४० हजार सम्म खर्च लाग्छ भनी सयौं मानिसहरुबाट लाखौ रकम असुली गरी ठगी गरेकाे आराेपमा उनीहरुलाई पक्राउ गरिएकाे सूचना अधिकारी गिरीले वताइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...