Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

वीरगंजलाई आर्थिक राजधानी बनाउन आजपाले भेला गर्दै

spot_img
spot_img

वीरगंज । वीरगंजलाई आर्थिक राजधानी घोषणा गर्न प्रभु साह नेतृत्वको आम  जनता पार्टी (आजपा) ले माग गरेको छ । सरकारलाई दबाब दिने उद्देश्यले वीरगंजमा पर्सा जिल्ला भेला गर्ने आजपाले तयारी गरेको छ । 

वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गर्दै आजपाले यही जेठ १६ गते पर्सा जिल्ला भेला आयोजना गर्ने जानकारी गराएको हो । लामो समयदेखि वीरगंजलाई अघोषित आर्थिक राजधानी बनाइएको प्रति आपत्ती जनाउँदै आजपा पर्साका इन्जार्ज कदम रसुलले राजधानी घोषणा गर्नुपर्ने माग गरे । 

देशको समग्र अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएपनि वीरगंज सँधै अपेक्षामा पर्ने गरेकोमा उनको आपत्ती छ ।

देशकै प्रमुख प्रवेशद्वार समेत रहेको वीरगंजलाई आर्थिक राजधानी घोषणा गर्नुपर्ने आजपाका केन्द्रीय सचिव बाबुराम कौशिकको अडान छ । उनकाअनुसार घोषणा नगरिएसम्म आजपाले सरकार विरुद्ध आन्दोलन र विरोध गरीरहनेछ ।

पर्साबाट निर्वाचित भएर सांसददेखि मन्त्रीसम्म बनेकाहरुले यहाँको विकासका लागि केही काम गर्न नसकेको उनको आरोप छ । 
आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहले जेठ १६ गते हुने जिल्ला भेलालाई भब्य रुपमा सफल बनाउन आग्रह गरे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...