Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

मितेरी पुलबाट पेस्तोलसहित नेपाली नागरिक पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगंज-रक्साेलस्थित मितेरी पुलबाट भारतीय प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । रक्सौलस्थित भारतीय एसएसबीले मितेरी पुलबाट हतियार पेस्तोलसहित नेपाली नागरिकलाई पक्राउ गरेको हो । 

नेपालको नवलपरासी गैँडाकोटका २५ वर्षीय मनोज महर्जनलाई दुई थान पेस्तोल र दुई थान म्याग्जिनका साथ पक्राउ गरिएको भारतीय एसएसबीले जनाएको छ । सोही क्रममा नवलपरासीकै विवेक मल्ल ठकुरी फरार भएको एसएसबीले जनाएकाे छ ।

एसएसबिका अनुसार बरामद दुवै पेस्तोल ९ एमएमका हुन् । तिमध्ये एक मेड इन यू एस ए र अर्काे मेड इन इटली रहेको छ । एउटा पेस्तोलमा म्याग्जिन लोड थियो भने अर्काेमा थिएन ।

हत्या वा लुट तथा कुन प्रयोजनका लागि हतियारसहित भारत प्रवेश गर्न लागेको भन्ने यकिन भइसकेको छैन । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको भारतीय एसएसबीले जनाएको छ ।

दुई जना अपराधीक गतिविधिमा संलग्न व्यक्ति भारत प्रवेश गरेको विशेष सूराकीका आधारमा चेकजाँच गर्न खोज्दा दुवै जना डंकन रोडतर्फ भागेका थिए । अझै अगाडी बढेपछि उनीहरुले झाडीमा पेस्तोल र म्याग्जिन फालेका थिए ।

सोही क्रममा एक जनालाई एसएसबीले पक्राउ गर्न सपल भयो भने विवेक मल्ल ठकुरी भाग्न सफल भएको इन्स्पेक्टर राजीव नन्दन सिन्हाले बताए । नेपाल प्रहरीसँग समन्वय गरेर घटनाको बारेमा अनुसन्धान भइरहेको उनले वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...