Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

आफ्नै घरमा आगाे लगाउने सिंह पक्राउ

spot_img
spot_img

वीरगंज । आफ्नै घरमा आगो लगाई अपराधिक उपद्रव गर्ने एक जनालाई राैतहट प्रहरीले नियन्त्रणमा लिएकाे छ । रौतहट राजदेवी नगरपालिका वडा नं. ०९ ब्रहम्पुरी टोलका ४५ बर्षिय नितेश सिंहलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

सिंहले मादक पदार्थ सेवन गरी आफ्नै टाटीको बेरा र फुसको छानो भएको घरमा साेमबार सांझ ७ बजेकाे समयमा आगो लगाएको  लगाएकाे थियाे । उक्त आगो तत्कालै स्थानिय मानिसहरु तथा प्रहरी टोली गई आगो निभाएको, उक्त आगो तत्काल नियन्त्रणमा नआएको भए सोबाट वरपरका अन्य मानिसहरुको समेत घर जली ठूलो जनधनको क्षति हुन सक्ने प्रवल सम्भावना देखा परेको थियाे ।

त्यसैले आगो लगाउने नितेश सिंहलाई निजकै घरबाट पक्राउ गरी “अपराधिक उपद्रव” शिर्षकमा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय राैतहटकी सुचना अधिकारी प्रहरी नायब उपरिक्षक एलिजा गिरीले जानकारी दिइन । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...