Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

गाैतम स्कुलकाे मनाेपरी, नियम कानुनकाे धज्जी उडाउँदा पनि सम्बन्धित निकाय माैन

spot_img
spot_img

वीरगंज । वीरगंजको नारायणी रंगशाला नजिक रहेको गौतम मावि स्कुलको रवैका कारण अभिभावकहरु आर्जित बनेका छन् । बिभिन्न बहाना बनाएर अभिभावकहरुलाई अपमान गर्न थालेपछि गौतम स्कुललाई कारवाही गर्नु पर्ने अवाजहरु उठन थालेका छन् ।

अभिभावकहरुका अनुसार स्कुलका प्रिन्सिपल तथा कर्मचारीहरुले वालवालिकाहरुको मनोबल खस्ने गरी भाषा प्रयोग गर्ने गरेका छन् । त्यती मात्र नभई बिधार्थीहरुलाई डिमोटिभेट गर्ने काम गौतम स्कुलले गर्दै आएको अभिभावकहरुको भनाई छ । प्रि प्राइमरी तथा प्राइमरी तहका वालवालिकाहरुलाई ढटुवा नगर्ने सरकारी नियमको धज्जी उडाउँदै पैसा कमाउँनका लागि मात्र वालवालिकाहरुलाई स्कुलले कक्षा घटुवा गर्ने गरेका छन् ।

स्थापनाका वेला घर घरमा पुगेर संचालक तथा कर्मचारीहरुले अभिभावकसँग अफ्ना नानिवाबुलाई आफ्नो स्कुलमा भर्ना गर्न हार गुहार गरेका थिए । तर थोरै नाम चलेपछि गौतम स्कुल पछिल्लो समय आफ्नो हैसियत बिर्सिदै गएको एक अभिभावकले वताए ।

गौतम स्कुल पछिल्लो समय अभिभावकलाई ठग्ने काम मात्र गरेको तथा स्कुलमा नयाँ बिधार्थी भर्ना गर्न नेता, वाउन्सर तथा शैक्षिक माफियाहरुको भनसुन काम लाग्ने गरेको ती अभिभावकले नाम नछाप्ने सर्तमा बताए । जेहन्दार बिधार्थीलाई पनि भर्ना गर्न पनि स्कुलले अनाकानी गर्ने गरेको तथा अभिभावकहरुको आर्थिक हैसियत सोध्दै बिधार्थीलाई फिर्ता पठाउने गरेका छन् । राम्रो कमाई नभएको अभिभावकका बच्चालाई स्कुलले अपमान जनक शब्द समेत प्रयोग गर्ने गरेका छन् ।

कुल बिधार्थीको १० प्रतिशत स्कुलले छात्रावृति दिनु पर्ने प्रवधानलाई पनि स्कुलले धज्जी उडाएको छ । नेता तथा बाउन्सरको सिफारिसको अधारमा छात्रावृति दिने काम स्कुलले गरी रहेको तथा सोको सूचना लुकाउने काम पनि गर्दै आएको छ ।
विगतमा सार्वजनिक जग्गा मिच्चने काम गरी आलोचित हुँदै आएको गौतम मावि शिक्षालाई उद्योगको रुपमा संचालन गरेको तथा कमाई खाने भाडो बनाएको भन्दै अभिभावक संघर्ष समितिले पटक पटक आन्दोलन समेत गर्दै आएका छन् ।

प्रत्येक बर्ष पुस्तकमा धेर थोर परिवर्तन गरी प्रकाशन समूह तथा बिक्रेताहरुसँग कमिसन लिने काम गौतम स्कुल गर्दै आएको छ । त्यती मात्र नभई पछिल्लो समय वीरगंजको मुर्लि चौकमा रहेको राज होजियारीसँग सेटिङ्ग मिलाई स्कुल ड्रेसको नाममा कमसल कपडा, टाई वेल्ट, भेष्ट, जुता मोजा लगायतका समान महंगो दाम खरिद गर्न अभिभावकहरुलाई बाध्य पार्ने गरेका छन् । सो बापत समेत स्कुलले मोटो कमिसन खाने गरेको स्रोतको दावी छ ।

यस सम्बन्धमा नियामक निकाय वीरगंज महानगरपालिकाको शिक्षा महाशाखाले चैत महिनामै सबै स्कुलहरुलाई परिपत्र गरि शुल्क तत्काल नबढाउँन, पुस्तक परिवर्तन नगर्न, पुस्तक तथा ड्रेस पाउँने स्थान नतोक्न तथा स्कुल परिसरमा किताव बिक्री वितरण नगर्न स्कुललाई भनि सकेको छ ।

छात्रावृतिको हकमा वीरगंज महानगरपालिकाले कक्षा ८ सम्म स्कुललाई र ९, १० तथा ११ कक्षाको लागि महानगरको शिक्षा महाशाखाले नै अधिकार दिएको छ । जसको लागि असाढ २३ गते छात्रावृति दिवस मनाउँने एवं सो दिन सबै छात्रावृतिहरु वितरण गर्ने लक्ष्य महानगरले लिएको वीरगंज महानगरपालिका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए ।

तर यी कुनै पनि नियमको पालना गौतम स्कुलले गरेको छैन् । स्कुलकै मिलोमतोमा गौतम स्कुल छेवछावमा रहेको किराना पसलमा समेत पुस्तक तथा स्कुलका समाग्री बिक्रि वितरण हुँदै आएको छ । सो कामको स्टेशनरी एसोसियसनले समेत बिरोध गर्दै आएको छ ।

अभिभावक संघर्ष समिति पर्साका अध्यक्ष संदिप साहका अनुसार अन्य बिभिन्न नाममा स्कुलले अभिभावकलाई ठग्ने काम गरेको एवं धरौटी वापत समेत मोटो रकम लिने गरेको छ । यसको साथै हरेक त्रैमासिक परिक्षामा बालवालिकालाई विल थमाउँने गरेको तथा अभिभावकले समयमा विल नतिर्दा बिधार्थीहरुलाई मानसिक यातना दिने काम पनि गौतम स्कुले गर्दै आएको छ ।

अतः पछिल्लो समय समान्य हुने खाने अभिभाकले गौतम स्कुलमा आफ्ना छोराछोरी पढाउँने बातावरण नरहेको उनले बताए । सरकारले १० देखि ४ बजे कक्षा संचालन गर्नु पर्ने नियम राखेको भएपनि कुनै स्कुलले नियम पालना नगरेको उनको भनाई छ ।

बैशाख ८ गते गौतम माविमा रिजल्ट लिन पुगेका अभिभावकहरुलाई शुल्क बृद्धि वारेको लिखित कागाजमा जबरजस्ती हस्ताक्षर गराएका थिए । शुल्क सम्बन्ध उच्च अदालत जनकपुर अस्थाई इजलास वीरगंजमा परेको मुद्दा बिचाराधिन रहेको अवस्थामा रहेकोले तत्काल शुल्क बृद्धि गर्न नमिल्ने अभिभावक संघर्ष समितिको भनाई छ ।

शुल्क बृद्धि गर्दा शैक्षिक सत्र शुरु हुन अगावै स्थानिय तहमा निवेदन दर्ता गराउनु पर्ने एवं स्विकृत भएमा मात्र शुल्क बृद्धि गर्न पाउँने कानुनी व्यवस्था छ । तर गौतम स्कुलले मनोमानी रुपमा शुल्क बृद्धि गरी वीरगंज महानगरपालिकालाई नै चुनौती दिएको छ ।

बिभिन्न स्कुलले गरेको शुल्क बृद्धिवारे अभिभावक संर्घष समितिले वीरगंज महानगरपालिकालाई लिखित जनाकारी गराएको भएपनि हाल सम्म महानगरले कुनै कारवाही प्रक्रिया अगाडी बढाएको छैन् । यता गौतम स्कुल प्रशासनले शुल्क बृद्धि लगायतका कामहरु सबै अभिभावकहरुको आपसी सहमती एवं छलफल बाटै तय हुँदै आएको जनाएको छ । साथै किताव, ड्रेस अथवा कुनै शैक्षिक समाग्री किन्न पसल नतोकिएको स्कुलको दावी छ । स्कुलको कुशल छवी रहेको गौतम स्कुल प्रशासनको भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...