Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

नबिल बैंक र प्रहरीले किन लुकाउन चाहन्थ्याे चाेरीकाे घटना ?

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित नबिल बैंकको बाइपास शाखाबाट एक कराेड ३४ लाख रुपैयाँ चाेरी भएकाे पुष्टि भएकाे छ । आइतबार राति बैंकमा चाेरी भएपनि प्रहरीले मंगलबार मात्र पुष्टी गरेकाे हाे । बैंकले पनि मंगलबार मात्र जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी दिएकाे छ ।

नबिल बैंककाे बाइपास शाखामा साेमबार विहान चाेरी भएकाे जिल्ला प्रहरी कार्यालय पर्सा प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए । चाेरी बारे मंगलबार मात्र बैंकले उजरी दिएकाे उनले जनाए । चाेरीमा संलग्न केहीलाई पक्राउ गरि अनुसन्धान भइरहेकाे प्रवक्ता थापाले वताए । तर उनले पक्राउ परेकाहरु संख्या पनि खुलाउन चाहेनन् ।

चाेरीकाे घटना बारे साेमबार विहानै बैंक र प्रहरी दुबैलाई थाहा भएपनि वताउन चाहेका थिएन । केही संचारमाध्यमले साेमबार नै बैंकमा चाेरी भएकाे समाचार प्रकाशन गरेका थिए । तर चाेरी बारे पर्सा प्रहरीका प्रवक्ता डिएसपी थापासंग बुझ्दा आधिकारिक जानकारी नभएकाे वताएका थिए । बैंकका जिम्मेवार अधिकारीहरुले पनि फाेन सम्पर्कमा आउन चाहेका थिएन । बैंकले अझै सम्म प्रहरी वाहेक अधिकारी रुपमा चाेरी बारे केही जानकारी गराएकाे छैन । 

चोरी भएकै कारण साेमबार बाइपास शाखाबाट कारोबार भएको थिएन । ‘यस शाखामा विशेष कारणवश कारोबार हुन नसकेकोले नजिकैको वीरगंज शाखा र पावर हाउस शाखाबाट कारोबार गरिदिनुहुन अनुरोध गर्दछौ । यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौँ,’ शाखा कार्यालयको गेटमा सूचना टाँसिएको थियाे ।

तर चाेरी भएकै कारण बैंककाे सेवा प्रभावित भएपनि साेमबार नै बैंकले प्रहरी कार्यालय किन उजरी दिएन ? चाेरी बारे वीरगंजका पत्रकारहरुलाई थाहा भएपनि पनि बैंकका अधिकारीहरुसंग बुझ्न चाहँदा किन बताउन मानेन ? पर्सा प्रहरीलाई चाेरीकाे घटना बारे माैखिक जानकारी भएपनि किन बताउन मानेका थिएन ? पर्सा प्रहरीका प्रवक्ता थापाले चाेरीकाे घटना बारे आधिकारी जानकारी नभएकाे वताएपछि पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक कुमाेद ढुंगेलसंग पनि फाेनमा सम्पर्क गर्न खाेज्दा उनले पनि कुरा गर्न चाहेका थिए । के प्रहरी र बैंक दुबैले चाेरीकाे घटना लुकाउन चाहन्थ्याे ?  

सामाचार स्राेतका अनुसार नबिल बैंकको शाखाबाट गत आइतबार राति पाँच जनाको संख्यामा रहेका चोरहरुको समुहले मूल गेटको ताल्चा फोडेर भित्र प्रवेश गरी टिनको बाक्सामा रहेको १ सय र २० रुपैयाँको नोट गरी १ करोड ३४ लाख ६५ हजार रुपैयाँ बोरामा हालेर लगेको बैंकको सिसिटिभीको फुटेजमा देखिएको छ ।

बैंकको भल्टभित्र रहेको फलामे सेफमापनि ५ करोड भन्दा बढी नै रकम राखिएको थियो । तर चोरहरुले टिनको बाकसमा रहेको रकममात्रै चोरेर लगेको र सेफमा रहेको रकम भने सेफमै सुरक्षित अवस्थामा रहेको थियो । चाेरी भएकाे बैंककाे शाखामा रातीकाे समयमा सुरक्षा गार्ड राखिएकाे थिएन ।

बैंकमा चोरी गर्नुभन्दा पहिले चोरहरुको समुहले गत आइतबार वीरगन्जको नयाँ बसपार्कस्थित रानीपोखरी होटलमा छोटेलाल जयसवालको नाममा कोठा बुक गरेर बसेको थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...