Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

काङ्ग्रेस नै जनताको आशा र भरोसा भएको पार्टी हाे : एनपी साउद

spot_img
spot_img

वीरगंज । पूर्व परराष्ट्र मन्त्री नारायण प्रकाश (एनपी) साउदले नेपाली काङ्ग्रेस नै जनताको आशा र भरोसा भएको पार्टी भएकाे वताएका छन् । प्रेस युनियन पर्साले शनिबार वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा वाेल्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहेका साउदले सबैभन्दा ठूलो पार्टी प्रति जनताले गरेको भरोसालाई टुट्न नदिने वताए ।

स्थानीय तहदेखि प्रदेश सरकारमा पनि काङ्ग्रेसले प्रभावकारी कार्य गरीरहेको उनको भनाई छ । नेपाली काङ्ग्रेसलाई पाखा लगाएर देशको राजनीतिमा निर्णायक र महत्वपूर्ण कार्यहरू गर्न नसकिने साउदले बताए । 

नेपाली काङ्ग्रेसले जहिले पनि देशमा स्वच्छता र पारदर्शीताको हिसाबले काम गर्दै आएको उनको भनाई छ । अहिले गृहमन्त्री बारे सहकारी  सम्बन्धि लागेको आरोप बारे सरकारी समितिबाट छानबिन नभएर संसदीय समिति बनाएर गराउनुपर्ने उनको माग छ । 

शनिबार इलाम र बझाङमा सम्पन्न उपनिर्वाचनमा पनि नेपाली कांग्रेसका उमेदवारले जित्ने उनले दाबी गरे । नेपाली कांग्रेसको नेतृत्वमा देशमा लागू भएको संविधान कार्यान्वयन गर्न नेपाली कांग्रेस जिम्मेवार भएर लागि परेको उनले बताए ।  

प्रेस युनियन पर्साका सभापति विजय चौहानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पर्सा क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, मधेश प्रदेशका पुर्व खानेपानी मन्त्री ओम प्रकाश शर्मा, प्रदेश सभा सदस्य एवम् पार्टीका पर्सा जिल्ला सभापति जर्नादन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, सचीव एवम् वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, प्रदेश सभा सदस्य श्याम पटेल लगायतका नेताहरुको उपस्थिति रहेको थियोे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...