Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

हनुमान जन्माेत्सवकाे अवसरमा वीरगंजमा वृहत शोभा यात्रा

spot_img
spot_img

वीरगंज । हनुमान जन्माेत्सवकाे अवसरमा शनिबार वीरगंजमा वृहत शोभा यात्रा सम्पन्न भएकाे छ । बिश्व हिन्दु परिषद संघकाे आयाेजनामा निस्केकाे साेभा यात्रा शान्तिपूर्ण रुपमा सम्पन्न भएकाे हाे ।

वीरगंजकाे घण्टाघरबाट सुरु भएको शोभा यात्रा माइस्थान, महाबिरस्थान, आदर्शनगर, अलखियामठ, विर्ता छपकैया हुँदै पुन: घण्टाघरमा पुगेर सम्पन्न भएकाे थियो । बाजागाजा र झाकीसहित निस्केकाे शोभा यात्रामा उल्लेख्य संख्यामा हिन्दु धर्मावलम्बी एवम् भक्तजन तथा दर्शनार्थीहरुको सहभागिता रहेको थियो । 

गत बर्ष झै यस बर्ष पनि निस्केकाे शाेभा यात्राकाे क्रममा हुन सक्ने सम्भावित घटनालाई ध्यान राखेर बाक्लाेमा संख्या नेपाल प्रहरी तथा सशस्त्र प्रहरी खटिएका थिए । पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) कुमाेद ढुंगेल नेतृत्वमा दर्जनाैं प्रहरी अधिकृत तथा सयाैंकाे संख्यामा प्रहरीहरु खटिएका थिए ।

शाेभा यात्रामा हजाराैंकाे संख्यामा सहभागिता रहेकाे थियाे । शाेभा यात्राका सहभागिहरुलाई स्थानियहरुले विभिन्न ठाउँमा स्वागत गर्नुकाे साथै चिसाे पानी र सरबत खुवाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...