Date
बिहि, साउन ७, २०८३
Thu, July 23, 2026

राष्ट्रिय बुद्धिचाल प्रतियोगीता सम्पन्न, खेलकुदको विकास हुनुपर्छ : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंजमा आयोजित तीन दिवसीय राष्ट्रिय बुद्धिचाल प्रतियोगीता सम्पन्न भएको छ । नेपाल बुद्धिचाल महासंघको समन्वयमा पर्सा जिल्ला बुद्धिचाल संघ र मुनलाईट माविको सयुँक्त आयोजनामा मुनलाईट युथ एण्ड क्याडेट नेशनल चेस च्याम्पियनशिप बुधवार सम्पन्न भएको हो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजमा राष्ट्रिय स्तरका खेलकुद गतिविधि बढ्दै गएको प्रति खुशी व्यक्त गरे । नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धर्म बहादुर लामाले खेलकुदलाई व्यवसायिकरण गराउनका लागि तीन वटै तहका सरकार उदासिन रहेको प्रति चिन्ता व्यक्त गरे ।

खेलकुदलाई हेर्ने राज्यको दृष्टिकोण नफेरिएसम्म खेलकुदको विकास हुन नसक्ने उनको धारणा छ ।  खेलकुद र खेलाडीमा लगानी बढाउनुपर्नेमा जोड दिँदै उनले खेलाडीलाई मासिक प्रोत्साहन भत्तासँगै, राष्ट्रसेवक खेलाडीलाई निश्चित मापदण्ड बनाएर सम्मानजनक जीवनयापनका लागि निवृतिभरणको व्यवस्थाका लागि महासंघले निरन्तर आवाज उठाइरहेको बताए ।

साथै खेलाडीको सहज उपचार र जीवन बिमा गराउनुपर्ने माग पनि उनले राखे । प्रतियोगीताको नतिजा चिफ आर्बिटर रामकिशोर सिंह परागले प्रस्तुत गरेका थिए । बुद्धिचाल खेलाडी उत्पादनसँगै बुद्धिचाल खेलकुदप्रति विद्यार्थीको अभिरुची अभिवृद्धि गर्ने अभिप्रायले वीरगंज प्रतियोगीता आयोजना गरिएको वीरगंज महानगरपालिका वडा नम्बर २० का वडाअध्यक्ष समेत रहेका परागको भनाई छ ।

कुन उमेर समुहमा को-को बिजेता बने 

प्रतियोगीतामा १८ वर्ष मुनीतर्फ पुरुषोत्तम सिलवाल प्रथम, उमेश भट्ट द्वितिय र शुभम श्रेष्ठ तृतिय भएका छन् । १६ वर्ष मुनीतर्फ अनुष्ण गौतम प्रथम, आद्यन्त काफ्ले द्वितिय र क्षितिज सेन तृतिय भएका छन् । १४ वर्ष मुनीतर्फ अनुपजंग शाह प्रथम, कृषान्त घिमिरे द्वितिय र कशिव कार्की तृतिय भएका छन् ।

१२ वर्ष मुनीतर्फ अबिन पाण्डे प्रथम, ओस्कार पन्थी द्वितिय र सरल मैनाली तृतिय भएका छन् । १० वर्ष मुनीतर्फ अग्रिम सैँजु प्रथम, हार्दिक पन्त द्वितिय र साहस श्रेष्ठ तृतिय भएका छन् । ८ वर्ष मुनीतर्फ सुनभ ओझा प्रथम, आर्थव त्रिपाठी द्वितिय र आगमन ठकुरी तृतिय भएका छन् ।

छात्रा अन्तर्गत १८ वर्ष मुनीतर्फ सनम श्रेष्ठ विजेता र साक्षी साह उपविजेता बनेका छन् । १६ वर्ष मुनीतर्फ पुर्णिमा गुरुङ प्रथम, उज्जीवनी कँडेल द्वितिय र बिनिता प्रजापती तृतिय भएकी छन् । १४ वर्ष मुनीतर्फ स्नेहा कुमारी साह विजेता र सृष्टि साह उपविजेता बनेका छन् । १२ वर्ष मुनीतर्फ बिबिशा तामाङ् विजयी हुँदा तचिता अग्रवाल उपविजेता बनेकी छन् ।

१० वर्ष मुनीतर्फ ईशा गिरी प्रथम, सिम्रन गुरुङ द्वितिय र कृतिमा तिमिल्सीना तृतिय भएका छन् । ८ वर्ष मुनीतर्फ अग्रता आचार्य विजेता हुँदा आर्जु रोकाय उपविजेता बनेकी छन् ।

प्रतियोगीतामा विजेता तथा उपविजेताहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको प्रतियोगीताका निर्देशक सुलभ केसीले जानकारी दिए । उनकाअनुसार सबै उमेर समूहका विजेताहरु आगामी जुन ९ देखि २१ सम्म कजाकस्तानमा हुने २७ औँ एसियन यूथ चेस च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागिता जनाउने छन् ।

बैशाख १० गतेदेखि सुरु भएको प्रतियोगीतामा नेपालगञ्ज, बुटवल, मोरङ्, काठमाण्डौ, भक्तपुर लगायतका जिल्लाबाट ७५ जना प्रतिस्पर्धीको सहभागीता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ‘थिंक.केयरकूप’ तालिम सम्पन्न, स्याहार अर्थतन्त्रमा सहकारीको भूमिका सुदृढ गर्ने जोड

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) तथा राष्ट्रिय सहकारी महासंघको सहयोगमा जिल्ला सहकारी संघ, पर्साले सहकारी सदस्यहरूका लागि ‘थिंक.केयरकूप’ : स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय...

वीरगंजको मुख्य सडक विस्तार पुनः सुरु, बाँकी संरचना हटाउने अभियान निरन्तर चल्ने

वीरगंज । वीरगंजको मुख्य सडकअन्तर्गत घण्टाघरदेखि अलखियामठसम्मको सडकखण्डमा बाँकी रहेका संरचना हटाउने कार्य बुधबारदेखि पुनः सुरु गरिएको छ । सडक डिभिजन कार्यालय, हेटौँडाले त्रिभुवन...

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...