Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

साढे १० बजेसम्म पसलहरु खुला राख्न पाउनुपर्ने व्यवसायीहरुको माग

spot_img
spot_img

वीरगंज । रौतहट उद्योग वाणिज्य संघले राति साढे १० बजे सम्म पसलहरु खुला राख्न पाउनु पर्ने माग गरेकाे छ । धारासायी बन्दै गएको व्यापार क्षेत्रलाई जिवन्त राख्ने उद्देश्यसाथ संघले व्यवसायीहरुको माग राख्दै बुधवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएकाे हाे ।

रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवालको नेतृत्वमा गएका व्यवसायीहरुकाे टाेलीले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई व्यसायीहरुको पीडा मर्कालाई ध्यानमा राख्दै राजस्व संकलनको निमित्त भएपनि राति १०.३० बजे सम्म पसल खुला रहनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र मार्फत रौतहटकाे सदरमुकाम गौरमा रहेका मदिरा पसल तथा होटल व्यवसायलाई ८ बजे सम्म खुला राख्ने प्रावधानलाई परिवर्तन गर्दै १०.३० बजे सम्म खुला राख्नुपर्ने माग गरिएको छ ।

गर्मीको मौसममा ८ बजेपछि मात्रै ग्राहकहरु आउने गरेको हुँदा व्यवसायीहरु पिडित बन्दै गएको अवस्थालाई मध्यनजर राख्दै राजस्व बढाउन तथा व्यवसायीहरुको व्यापार संचालनका निमित्त साढे १० बजे सम्म पसलहरु खुला राख्नुपर्ने व्यवस्थापन गराउनका लागि प्रजिअ रेग्मी संग संघले आग्रह गरेकाे छ ।

ज्ञापन पत्र बुझाउने टाेलीमा व्यवसायी रितेश अग्रवाल, रवी गोपाली, जितेन्द्र साह, अमित केसरी लगायतका व्यवसायीहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...