Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

साढे १० बजेसम्म पसलहरु खुला राख्न पाउनुपर्ने व्यवसायीहरुको माग

spot_img
spot_img

वीरगंज । रौतहट उद्योग वाणिज्य संघले राति साढे १० बजे सम्म पसलहरु खुला राख्न पाउनु पर्ने माग गरेकाे छ । धारासायी बन्दै गएको व्यापार क्षेत्रलाई जिवन्त राख्ने उद्देश्यसाथ संघले व्यवसायीहरुको माग राख्दै बुधवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएकाे हाे ।

रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवालको नेतृत्वमा गएका व्यवसायीहरुकाे टाेलीले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई व्यसायीहरुको पीडा मर्कालाई ध्यानमा राख्दै राजस्व संकलनको निमित्त भएपनि राति १०.३० बजे सम्म पसल खुला रहनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र मार्फत रौतहटकाे सदरमुकाम गौरमा रहेका मदिरा पसल तथा होटल व्यवसायलाई ८ बजे सम्म खुला राख्ने प्रावधानलाई परिवर्तन गर्दै १०.३० बजे सम्म खुला राख्नुपर्ने माग गरिएको छ ।

गर्मीको मौसममा ८ बजेपछि मात्रै ग्राहकहरु आउने गरेको हुँदा व्यवसायीहरु पिडित बन्दै गएको अवस्थालाई मध्यनजर राख्दै राजस्व बढाउन तथा व्यवसायीहरुको व्यापार संचालनका निमित्त साढे १० बजे सम्म पसलहरु खुला राख्नुपर्ने व्यवस्थापन गराउनका लागि प्रजिअ रेग्मी संग संघले आग्रह गरेकाे छ ।

ज्ञापन पत्र बुझाउने टाेलीमा व्यवसायी रितेश अग्रवाल, रवी गोपाली, जितेन्द्र साह, अमित केसरी लगायतका व्यवसायीहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...