Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

रामनवमीको अवसरमा एसएसबी रक्सौलद्वारा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । रामनवमीको अवसरमा एसएसबी रक्सौल (बिहार) को ४७ औं कोरमा साेमबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

नयाँ संवत्सर र नवरात्रीको प्रारम्भ तथा आउँदो रामनवमीको विशेष अवसरमा एसएसबी रक्सौल (बिहार) को ४७ औं कोर अस्पतालकाे आयोजना भएकाे कार्यक्रममा २० सैनिकसहित २२ जनाले रक्तदान गरेकाे इन्स्पेक्टर मनोज कुमार शर्माले जानकारी दिए ।

रक्तदान शिविरमा वाहिनीका सिपाहीहरुले उत्साहका साथ भाग लिएका थिए । कामु कमाण्डेन्ट श्री अगाले प्रियदर्शन अरुण, डिप्टी कमाण्डेन्ट ४७ औं कोरको प्रेरणामा इन्डियन रेडक्रस, मोतिहारीसँगको सहकार्यमा असहायको निस्वार्थ सेवा गर्न सकोस् भन्ने उद्देश्यले उक्त शिविर आयोजना गरिएको इन्स्पेक्टर शर्माले वताए ।

उक्त शिविरमा वाहिनीका कार्यवाहक कमाण्डेन्ट श्री अगाले प्रियदर्शन अरुण आफैले रक्तदान गर्नुका साथै उनीसंगै मातहतका एक अधिकृत र २० जना सैनिकले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी मोतिहारीका डा अशोक कुमार, प्रयोगशाला प्राविधिक ओमप्रकाश यादव र सहायक प्राविधिक विनोदकुमार श्रीवास्तवको महत्वपूर्ण भूमिका रहेको थियो । कार्यक्रममा वाहिनीका चिकित्सक डा प्रतीक रञ्जन (जीडीएमओ), डेपुटी कमाण्डेन्ट श्री अगाले प्रियदर्शन अरुण, अधिकारीहरूका अलावा मातहतका अधिकृत इन्स्पेक्टर मनोज कुमार शर्मा तथा सैनिक तथा सञ्चारकर्मीको उपस्थिति रहेकाे थियाे ।

त्यसैगरी सशस्त्र सीमा बलको ४७ औँ सेनाले मानव स्वास्थ्य शिविर र भेटेरिनरी शिविर आयोजना गर्दै आएकाे छ । सीमावर्ती क्षेत्रका नागरिकको सेवामा सदैव तत्पर रहँदै नागरिक कल्याणकारी कार्यक्रममार्फत नागरिकलाई आत्मनिर्भर बनाउने काम गरिरहेकाे जनाइएकाे छ ।

सीमामा व्यापक उपस्थितिका साथसाथै सशस्त्र सीमा बल सामाजिक कार्यमा सधै तत्पर रहन्छ, जसको रक्तदान कार्यक्रम एउटा जीवित उदाहरण हो । वाहिनीले पछिल्लो एक महिनामा आयोजना गरेको यो दोस्रो रक्तदान कार्यक्रम भएकाे आयाेजकले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...