Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

विश्व स्वास्थ्य दिवसमा एक सय २० प्रहरीको थाइराइड परीक्षण

spot_img
spot_img

वीरगंज  |  जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत कार्यरत प्रहरीहरूको आइतबार निशुल्क थाइराइड परीक्षण गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय परिसरमै प्रहरीहरूको निशुल्क थाइराइड परीक्षण गरिएको सानाे पाइलाले जनाएकाे छ ।

सामुदायीक संस्था सानो पाइला र एजिलस् ल्याबरोटरीसँगको सहकार्यमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १ सय २० जना प्रहरीले थाइराइड परीक्षण गराएकाे सानाे पाइलाले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ । 

कार्य व्यस्तता,  जानकारीको अभाव,  हतार र बाध्यात्मक खानपान लगायतका कारणले प्रहरीहरूमा थाइराइडको समस्या हुनसक्ने जोखिम धेरै रहन्छ । त्यसैले जनताको सुरक्षार्थ खटिने प्रहरीहरूलाई थाइराइड सम्बन्धी जानकारी दिन तथा रोग लागेको भए उपचार विधिमा सामेल गराउन परीक्षण गरिएको सानो पाइलाका हेल्थ सर्भिसेजका संयोजक डा. राकेश कुमार झाले बताए । 

‘निरन्तर काममा खटिनुपर्दा  प्रहरी कर्मचारीहरूमा आरामको सम्भावना न्यून हुन्छ । थला नै नपर्दासम्म स्वास्थ्य परीक्षण गराउने वातावरण पनि भइदिँदैन । जसले गर्दा थइराइड रोगले च्याप्ने सम्भावना प्रहरीमा धेरै हुन्छ ।’, डा झाले भने, ‘ त्यसैले रोग जटिल भइ समस्या नआओस् भन्नका लागि समयमै थाइराइडको परीक्षण र उपचार गर्नु जरूरी हुन्छ । ’

पर्सा प्रहरी प्रमुख कुमोध ढुगेंलले प्रहरीहरूको आवश्यकता र अवस्थाबारे चासो राखेर निशुल्क थाइराइड परीक्षण गरेकोमा आयोजकहरूप्रति आभार व्यक्त गर्नुभएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...