Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

हुलाकी राजमार्गमा विभेद किन : प्रभु साह

spot_img
spot_img

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य प्रभु साहले राष्ट्रिय राजमार्गको सीमा निर्धारण गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय राजमार्गको सीमा निर्धारणका सन्दर्भमा ख्याल गर्नुपर्ने बताए ।

हाल मुलुकमा बनिरहेका राष्ट्रिय राजमार्ग र तिनको सीमाका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले जवाफ दिनुपर्ने उनको माग छ ।

पहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्गको १२ मिटर चौडाइ गरिएको स्मरण गर्दै उनले भने, ‘जिल्लास्तरका सडकहरु ६ लेनका हुने राष्ट्रिय राजमार्ग दुई लेनका हुने ? हामी के सन्देश दिन खोजिरहेका छौं ?’

राजमार्गको सीमा निर्धारण नगरिनु राज्यको हेलचेक्य्राइँ भएको उनको भनाइ छ । ‘राष्ट्रिय राजमार्गको सीमा किन निर्धारण गरिएको छैन । यसरी राष्ट्रको रकममा हेलचक्याईं गर्न मिल्छ ? यो रकमको दुरुपयोग हो,’ उनले भने ।

देशकाे पुरानाे हुलाकी सडक झन्डै ६५ सालदेखि निर्माण कार्य सुरु भएपनि हाल सम्म निर्माण सम्पन्न नभएकाे वताए । उनले हाल पनि साे सडककाे बिच बिचमा पुलहरु निर्माण भएकाे वताउँदै यस्ताे विभेद किन ? प्रशन समेत गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...