Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

तेली समाजकाे हाेली मिलन सम्पन्न

spot_img
spot_img

वीरगंज । तेली कल्याण समाज पर्साकाे आयाेजनामा शनिबार वीरगंजमा हाेली मिलन कार्यक्रम सम्पन्न भएकाे छ । रेडियाे वीरगंज परिसरमा भएकाे कार्यक्रममा सहभागिहरुले अबिरकाे टिका लगाएर हाेलीकाे शुभकामना आदानप्रदान गरेका थिए ।

तेली कल्याण समाज पर्साका अध्यक्ष ध्रुव साहकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन तेली कल्याण समाजका केन्द्रिय अध्यक्ष विश्वनाथ साहले गरेका थिए ।

कार्यक्रममा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी, संविधान सभा सदस्य रामचन्द्र साह, पूर्व प्रदेश सभा सदस्य राजेश्वर साह, पारस साह, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह, पूर्व मेयर नितेन्द्र साह, उद्याेग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुबाेध गुप्ता, वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधवराज पाल, तेली समाजका पानालाल साह, हजारी साह, असर्फी साह, राजेश्वर साह, प्रमोद साह, छ्ठु साह, लक्ष्मण साह, शिव साह, छोटेलाल साह, समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव बृजलाल पासवान लगायतकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा भाेजुपरी गायक अनिल बर्मा लगायतका कलाकारले आफ्नाे प्रस्तुती राखेका थिए भने कार्यक्रमकाे संचालन तेली कल्याण समाज पर्साका सचिव बिरेन्द्र साहले गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...