Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

हाेलीकाे अवसरमा काेर एससीबी रक्सौलद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । ४७ औं कोर एससीबी रक्सौल (बिहार) काे आयाेजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । हाेलीकाे अवसरमा कार्यक्रममा वाहिनीका कार्यावहक कमाण्डेन्ट दीपक कृष्णसहित ३० जनाले रक्तदान गरेका हुन् ।

कामु कमाण्डेन्ट श्री दीपक कृष्ण, डिप्टी कमाण्डेन्ट ४७ को कमाण्डको प्रेरणामा असहायलाई निःस्वार्थ सेवा प्रदान गर्न र बलको मूल नारा ‘सेवा, सुरक्षा’ भन्ने उद्देश्यका साथ इन्डियन रेडक्रस, मोतिहारीसँगको सहकार्यमा उक्त शिविर आयोजना गरिएको वाहिनीका इन्सपेक्टर मनाेज कुमार शर्माले जानकारी दिए ।

 त्यसैगरी सशस्त्र सीमा बलको ४७ औँ सेनाले मानव स्वास्थ्य शिविर र भेटेरिनरी शिविर आयोजना गरी सीमावर्ती क्षेत्रका नागरिकको सेवामा सदैव तत्पर रहँदै नागरिक कल्याणकारी कार्यक्रममार्फत नागरिकलाई आत्मनिर्भर बनाउने काम गरिरहेको उनले वताए ।

कार्यक्रममा रेडक्रस सोसाइटी मोतिहारीका डा अशोक कुमार, प्रयोगशाला प्राविधिक आमोद कुमार र सहायक प्राविधिक विनोदकुमार श्रीवास्तवको महत्वपूर्ण भूमिका रहेको थियो ।

 कार्यक्रममा वाहिनीका चिकित्सक डा. श्रीराज एमजे (एसीएमओ), डा. प्रतीक रञ्जन (जीडीएमओ), डेपुटी कमाण्डेन्ट अगाले प्रियदर्शन अरुण, डेपुटी कमाण्डेन्ट टीएच बसन्त सिंह, इन्स्पेक्टर मनोज कुमार शर्मा (एएचटीयू) र अन्य धेरै मातहतका अधिकारीहरू उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...