Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

१५ वर्षीया बालिकालाई प्रेम जालमा फसाएर भारत लग्दै गरेका मियाँ पक्राउ

spot_img
spot_img

वीरगंज । १५ वर्षीया बालिकालाई प्रेमकाे जालमा फसाएर भारत लग्दै गरेकाे एक जना युवालाई भारतिय प्रहरीले पक्राउ गरेकाे छ ।

कपिलबस्तुकाे बुद्धनगरपालिका निवासी बालिकालाई प्रलोभनमा पारेर भारत लग्दै गरेका वीरगंज महानगरपालिकाकाे वडा नं. २९ निवासी २८ बर्षिय मोहम्मद इम्तियाज मियाँलाई रक्साैलस्थित कस्टम चाैकबाट पक्राउ गरिएकाे मानव बेचबिखन विरुद्धको इकाइ क्षेत्र मुख्यालय” (बेतिया) का इन्सपेक्टर मनोज कुमार शर्माले जानकारी दिए ।

रक्सौल वा आसपासका क्षेत्रबाट नेपाल आएकी १५ वर्षीया किशोरीलाई कसैले लैजाने सम्भावना रहेको एएचटीयू टोलीका इन्चार्जलाई प्राप्त सूचना अनुसार एएचटीयूको टोलीले रक्साैल कस्टमबाट बालिकालाई उद्धार गर्नुकाे साथ मियाँलाई पक्राउ गर्न सफल भएकाे इन्सपेक्टर शर्माले वताए । 

उनका अनुसार सोधपुछकाे क्रममा पक्राउ परेका मियाँकाे श्रीमती र तीन छोराछोरी रहेका खुलेकाे थियाे । उनले ट्र्याक्टर वा अन्य कुनै किसिमको मजदुरी गरेर आफ्नो जीविकोपार्जन गर्छन् । मियाँले नाबालिग बालिकाकाे गाउँमा मजदुरीका लागि गएको बेला उनीसँग मित्रता गरेर प्रेम जालमा फसाएका थिए ।

साेधपुछकाे क्रममा युवतीले पहिले ती व्यक्तिले आफूलाई आफ्नो नाम वीरेन्द्र भएकाे बताएकाे वताइन । प्रेममा परेपछि उनले आफ्नो नाम मोहम्मद इम्तियाज मियाँ भएको बताए । त्यसपछि ती व्यक्तिले उनलाई इस्लामको बारेमा बुझाए, त्यसैले अब ती युवतीले इस्लामको पालना गर्न थाले र त्यसपछि उसलाई आफ्नो घरमा लगेर आफ्नी पत्नीसँग परिचय गराए । युवतीले आफ्नी श्रीमतीले दुवै जना सँगै बसेर घर चलाउने बताएकी थिइन् । सासू र ससुरा पनि निकै खुसी थिए । बालिकाले भनिन ।

त्यसपछि बालिकाका परिवारसँग कुरा गर्दा उनीहरुले छोरीलाई केही अपरिचित मजदुरले प्रलोभनमा पारेको र यस सम्बन्धमा नेपाल प्रहरीमा उनीहरुले किटानी जाहेरी दिएका थिए । उद्धार गरिएकाे बालिका र आराेपितलाई भारतिय प्रहरीले इनर्वा प्रहरी चौकी वीरगंजलाई बुधबार बुझाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...