Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

दुर्गाभागवतीकाे पंचरुखिमा जनप्रतिनिधिद्वारा पावरकाे दुरुपयाेग

spot_img
spot_img

वीरगंज । राैतहटकाे दुर्गाभागवती गाउँपालिका वडा नं. ४ पंचरुखिमा जनप्रतिनिधिहरुले पावरकाे दुरुपयाेग गरेकाे स्थानियले आराेप लगाएका छन् ।

गाउँपालिका अध्यक्ष शम्भु सिंह र वडाध्यक्ष रामानन्द यादवकाे निर्देशनमा सडक अतिक्रमण हटाउने नाउमा ब्यक्तिगत रिस्बी साध्ने काम भएकाे उनीहरुकाे आराेप छ । स्थानियका अनुसार पचरुखिमा २० फिट सडक हुनु पर्ने ठाउँमा प्रयाप्त खाली सडक हुँदा पनि व्यक्तिगत रिस्बीले पक्की घर भत्काउने काम गरिएकाे छ । 

आफ्नाे घर अगाडी चाहिने जति २० फिट खाली सडक हुँदा पनि पक्की घर भत्काएर जनप्रतिनिधिले आफुमाथि अन्याय गरेकाे स्थानिय धिरेन्द्र मिश्रले वताए । उनले गाउँ कार्यपालिकाकाे निर्णय अनुसार २० फिट सडक चाहिएकाेमा आफ्नाे घर अगाडी ३७ फिट जति सरकारी स्वामित्वकाे खाली सडक हुँदा पनि पक्की घर भत्काइएकाे वताए । 

उनले भने “चाहिए जति खालि सडक हुँदा पनि अतिक्रमण हटाउने नाउमा आफ्नाे घर भत्काएर जनप्रतिनिधिले अन्याय गरेका छन् । त्यसमा पनि पुरुष मानिस काेई घरमा नभएकाे बेला एक्कासी आएर घर भत्काउने कार्य गरियाे । महिलाहरु घर खाली गर्न केही समय दिन भनिरहँदा पनि सुनिएन । त्यसैले हामी माथि अन्याय भएकाे छ । याे जनप्रतिनिधिकाे कार्यशैली ठिक भएन ।”

प‍ेशाले शिक्षक समेत रहेका मिश्रले जातिगत र राजनीतिक रिस्बी साध्ने काम भएकाे आराेप लगाए । मुख हेरी हेरी सडक अतिक्रमण हटाउने काम भएकाे उनकाे भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...