Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

सई कार्कीकाे लापरवाहीले ड्राईपोटमा चाेरीकाे घटनामा वृद्धि

spot_img
spot_img

बीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २५ श्रीसियास्थित ड्राईपोट प्रहरी चौकी छेउमै आईतवार बिहान चोरी भएको छ । श्रीसिया प्रहरी चौकीका प्रहरी नायब निरिक्षक (सई) टेक बहादुर कार्की सहितको प्रहरी टोली तस्करी र भोज भतेर तिर ध्यान केन्द्रित गरेपछि सो क्षेत्रमा चोरीको घटना बढेको स्थानियहरुको गुनासो छ ।

आईतवार बिहान बीरगंज २५ निवासी राजु कुमार साहको श्रीसिया ड्राईपोट चौकमा रहेको रिधिका किराना पसल चोरी भएको हो । किराना पसलमा चोरी भएको घटना बारे पटक पटक प्रहरीलाई खबर गर्दा समेत प्रहरीलाई रोड पारी पुग्न घण्टौ लागेको थियो ।

पसल धनी साहका अनुसार चोरले पसलको गेट छेउमै तोडफोड गरी चाँदीको सिक्का १० थान, नगद १० हजार एवं किराना सामग्री गरी झण्डै ६० हजार बराबरको धनमाल चोरी गरेको छ । रातीभरी गाडी ओहाेर दोहाेर गर्ने सो क्षेत्रमा रहेका नेपाल प्रहरीका युनिट एवं सशस्त्र प्रहरीका युनिटहरुकाे रातीको गस्ती बोडर छेवछावमा पुग्ने गरेको एवं तस्करी गराउँन सक्रिए रहने गरेको कारण पटक पटक चोरीको घटना हुँदै आएको छ ।

स्थानियहरुका अनुसार श्रीसिया प्रहरी चौकीका सई टेकबहादुर कार्कीकै रवैया कारण सो क्षेत्रमा लागु औषध सेवन कर्ताहरुको बिगबिगी रहेको छ । पक्राउ परेका चोर तथा लागु औषध दुर्व्यसनीहरुलाई समेत स्थानिय प्रहरीले पैसा लिएर उन्मुक्ती दिने गरेको कारण ड्राईपोटको सटरहरु चोरी हुने गरेको छ । ड्राईपोट क्षेत्रमा प्रहरीको काम खाली तस्करी गराउँने एवं तस्कर समुहसँग पैसा असुल गर्ने रहेको समेत स्थानियहरुको गुनासो छ । रातीको समयमा सबै प्रहरीहरु सिमा क्षेत्रमै सकृय हुने गरेपछि चौकमा प्रहरीको उपस्थिती न्युन हुने गरेको छ । त्यसको फाईदा उठाउँदै चोरहरु सटर काटन सक्रिय हुने गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...