Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

अभिभावक संघकाे कार्यक्रममा ४ महिलासहित ६२ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । अभिभवक संघ पर्साकाे आयाेजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजकाे घण्टाघरस्थित भएकाे कार्यक्रममा ४ महिला सहित ६२ जनाले रक्तदान गरेकाे अभिभावक संघका अध्यक्ष सन्दिप साहले जानकारी दिए ।

कार्यक्रममा पुजा ढकाल, मनिषा कुमारी झा, पुनम यादव, ओनिका कुमारी, बलिराम चौधरी, सुशिल कुमार साह, बिवेक प्रसाद साह, राहुल सर्राफ, अरुण साह, सन्दिप सर्राफ, आकाश कुमार साह, राजकुमार राय, नरेन्द्र कुमार तिवारी, राजिव ठाकुर, अजित कुमार मण्डल लगायत रक्तदान गरेकाे अध्यक्ष साले वताए ।

रक्तदान कार्यक्रमकाे उद्घाटन वीरगंज महानगरपालिकाका पूर्व मेयर विजय कुमार सरावगीले गरेका थिए । कार्यक्रमकाे उद्घाटन गर्दै पूर्व मेयर सरावगीले रक्तदान कार्यक्रम धार्मिक सदभाव बढाएकाे वताए ।

उनले रगत जरुरी भएकाे बेला याे कुन धर्मका व्यक्तिकाे रगत हाे कसैले नसाेध्ने गरेकाे र जाे काेहीकाे रगत जाे सुकै धर्म मान्ने ब्यक्तिलाई काम लाग्ने भएकाेले यसले धार्मिक सदभाव पनि बढाएकाे वताए ।

रक्तसञ्चार केन्द्र वीरगंजमा रगतको अभाव भएपछि होलीको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको आयाेजक संस्थाले जनाएकाे छ । शाश्वत बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे सहयोगमा र रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा कार्यक्रम भएकाे थियाे ।

अभिभावक संघका अध्यक्ष साहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक एसपी कुमोध ढुंगेल, जनमत पार्टीका जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफ, बुदिजिवि परिषद् नेपालका मधेश प्रदेश अध्यक्ष शम्भु गुप्ता, पर्सा जिल्ला फुटबल संघका अध्यक्ष अनिल कुमार कलवार, पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, वीरगंज युवा समाजका सस्थापक अध्यक्ष कमल चौगाई, दिलिप राज कार्की लगायतकाे उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...