Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

अभिभावक संघकाे कार्यक्रममा ४ महिलासहित ६२ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । अभिभवक संघ पर्साकाे आयाेजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजकाे घण्टाघरस्थित भएकाे कार्यक्रममा ४ महिला सहित ६२ जनाले रक्तदान गरेकाे अभिभावक संघका अध्यक्ष सन्दिप साहले जानकारी दिए ।

कार्यक्रममा पुजा ढकाल, मनिषा कुमारी झा, पुनम यादव, ओनिका कुमारी, बलिराम चौधरी, सुशिल कुमार साह, बिवेक प्रसाद साह, राहुल सर्राफ, अरुण साह, सन्दिप सर्राफ, आकाश कुमार साह, राजकुमार राय, नरेन्द्र कुमार तिवारी, राजिव ठाकुर, अजित कुमार मण्डल लगायत रक्तदान गरेकाे अध्यक्ष साले वताए ।

रक्तदान कार्यक्रमकाे उद्घाटन वीरगंज महानगरपालिकाका पूर्व मेयर विजय कुमार सरावगीले गरेका थिए । कार्यक्रमकाे उद्घाटन गर्दै पूर्व मेयर सरावगीले रक्तदान कार्यक्रम धार्मिक सदभाव बढाएकाे वताए ।

उनले रगत जरुरी भएकाे बेला याे कुन धर्मका व्यक्तिकाे रगत हाे कसैले नसाेध्ने गरेकाे र जाे काेहीकाे रगत जाे सुकै धर्म मान्ने ब्यक्तिलाई काम लाग्ने भएकाेले यसले धार्मिक सदभाव पनि बढाएकाे वताए ।

रक्तसञ्चार केन्द्र वीरगंजमा रगतको अभाव भएपछि होलीको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको आयाेजक संस्थाले जनाएकाे छ । शाश्वत बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे सहयोगमा र रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा कार्यक्रम भएकाे थियाे ।

अभिभावक संघका अध्यक्ष साहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक एसपी कुमोध ढुंगेल, जनमत पार्टीका जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफ, बुदिजिवि परिषद् नेपालका मधेश प्रदेश अध्यक्ष शम्भु गुप्ता, पर्सा जिल्ला फुटबल संघका अध्यक्ष अनिल कुमार कलवार, पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, वीरगंज युवा समाजका सस्थापक अध्यक्ष कमल चौगाई, दिलिप राज कार्की लगायतकाे उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...