Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

मनी ट्रान्सफर सञ्चालकमाथि गोली हानेकाे आरोपमा ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । रौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला निवासी चिरैया दिपही गाउँ वडा नं. २ निवासी १९ बर्षीय मुनिफ कुमार यादव, साेही ठाउँ निवासी १८ बर्षीय राज कुमार पासवान उर्फ सुभाष पासवान र २० बर्षीय चन्द्रभान सिंह उर्फ चुनु कुमार सिंह रहेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।

शुक्रबार दिउँसो १ बजे रौतहटको परोहा नगरपालिका–९ मा शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षका नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको थियो ।

घटनालगत्तै खटिएको प्रहरीले खोजतलास गर्दा तीन जना भारतीय नागरिक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायब उपरीक्षक (डीएसपी) एलिजा गिरीले जानकारी दिइन् ।

उनीहरुमाथि ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजाना र चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले मोटरसाइकल, पेस्तोल गोली लगायतका सामान बरामद गरेको छ ।

गोली प्रहारबाट घाइते भएका नितेशको बाराको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार गरिएको थियो ।

आँखामा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौंको तिलगंगा आँखा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डीएसपी गिरीले जानकारी दिइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...