Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026

जनमत पार्टीका अध्यक्ष डा. राउत वीरगंजमा

spot_img
spot_img

वीरगंज । जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउत वीरगंज आएका छन् । पार्टीकाे केन्द्रीय समितिको बैठकका सहभागि हुन शुक्रबार दिउसाेकाे जहाजले डा. राउत वीरगंज आएका हुन् ।

शनिबार देखी वीरगंजमा बस्न लागेकाे केन्द्रीय समिति बैठकमा सहभागि हुन डा. राउत वीरगंज आएकाे जनमत पार्टीका पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले बताए । उनले वीरगंजस्थित क्लासिक ब्यांकेटमा पार्टीकाे केन्द्रिय समितिकाे बैठक बस्न लागेकाे जानकारी दिए । बैठकमा पार्टीकाे अगामी कार्य निति एवम् याेजना बारे छलफल हुने जिल्ला अध्यक्ष सर्राफले वताए ।

केन्द्रिय अध्यक्ष डा. राउतलाई स्वागत गर्न पर्सा र बाराका नेता एवम् कार्यकर्ताहरु सिमरास्थित बिमान स्थल पुगेका थिए । सिमरामा भव्य स्वागत पछि वीरगंज आएका डा. राउत वीरगंजस्थित माइस्थान मन्दिरमा दर्शन समेत गरेका थिए ।

बैठकमा सहभागी हुनका लागि देशभरबाट नेता तथा कार्यकर्ताहरु बिहिबारदेखि नै वीरगंज आउन क्रम जारी रहेकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदीलाई पुनर्जीवन दिन सांसद हरि पन्तको सरकारको ध्यानाकर्षण

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले पथलैया–वीरगञ्ज औद्योगिक करिडोरका उद्योगहरूबाट निस्कने रासायनिकयुक्त फोहोर पानीका कारण सिर्सिया नदी दुर्गन्धित नालामा...

२४सै घण्टा अलर्ट रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले नगरबासीको सेवा, सुरक्षा तथा आपत्कालीन व्यवस्थापनका लागि नगरप्रहरीलाई २४सै घण्टा तयारी अवस्थामा (अलर्ट) रहन निर्देशन दिएका...

कालिकामाईका कर्मचारीहरु सम्पूर्ण कार्यालयकाे सांचाे सिडिओलाई बुझाउने

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कार्यालयभित्रै भएको कुटपिट घटनामा एक सातासम्म पनि प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै गाउँपालिकाका कर्मचारीहरूले...