Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक पाए विश्वासको मत

spot_img
spot_img

वीरगंज । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । बुधबारको प्रतिनिधि सभाकाे बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए ।

मतदानमा २६८ जना सहभागी थिए । प्रधानमन्त्रीको मत माग्ने प्रस्तावको पक्षमा १५७ मत परेको थियो । प्रस्तावको विपक्षमा ११० मत परेको थियो । र मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो । सभामुख देवराज घिमिरेले विश्वासको मत लिने प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

तेस्रो पटक प्रधानमन्त्री भएपछि उनले विश्वासको मत लिएको यो तेस्रो पटक हो । २०७९ पुस १० मा प्रधानमन्त्री नियुक्त भएका उनले पुस २६ मा प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए । त्यतिबेला मतदानमा सहभागी २७० मध्ये उनलाई २६८ जनाले विश्वासको मत दिएका थिए, २ जनाले विपक्षमा मत दिएका थिए ।

विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले देश औसत उपलब्धिहरुमा रमाउन सक्ने अवस्थामा नरहेको र औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गर्नभन्दा जोखिम उठाएरै भए पनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने आफ्नो संकल्प गरेको बताएका थिए ।

‘आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्नेछु । मेरो प्रतिबद्धतामा यो सम्मानित संसद्‌ले विश्वासको मोहोर लगाउने छ भन्ने मेरो विश्वास छ’, उनले भनेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...