Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

पटेर्वा सुगौलीकाे गदियानीमा ४ महिलासहित १८ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालिका वडा नं.१ गदियानीमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सहज सेवा शीप विकास केन्द्र पटेर्वा सुगौलीकाे आयाेजनामा भएकाे कार्यक्रममा  ४ महिलासहित १८ जनाले रक्तदान गरेका हुन् ।

गदियानीस्थित मदर्षा प्राङ्गणमा भएकाे कार्यक्रममा श्रीकान्त चौधरी, रमेश राउत बरैई, रामेश्वर चौधरी, विक्रम दास,अफताव आलम गदी, सन्जित साह कानु, राम कुमार चौधरी, अनिल राउत थारु, सन्तोषी कुमारी राम, नन्दकिशोर चौधरी, कान्ति चाैधरी लगायतले रक्तदान गरेकाे संस्थाकी कार्यकारी निर्देशक सुस्मिता कुमारी चौधरीले जानकारी दिइन ।

वडाध्यक्ष फरमान मियाँ अन्सारीकाे अध्यक्षतामा भएको रगतदान कार्यक्रममा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केशरी, प्रहरी चौकी रंगपुरका प्रहरी सहायक निरीक्षक सुजित राय भर, वडा सदस्य हैदर अलि अन्सारी, कार्यक्रम संयोजक मुना तिवारी, नारायण साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

रगतको अभाव भए सङै रगतदान जीवन दान, रगतदान महादान सेवा नै धर्म हो भनी मुल नाराको साथ पटेर्वा सुगौली गाउँपालिकाको सहयो र वडा नं.१ कार्यालयको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएकाे आयाेजक संस्थाका संयोजक मुमा तिवारीले बताए ।

कार्यक्रममा रक्त संन्चार केन्द्र पर्साका प्राविधिक जितेन्द्र कुसवाहा, श्याम साह, नवीन चौरसिया, अनिल साहले प्राविधिक सहयोग गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...