Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पटेर्वा सुगौलीकाे गदियानीमा ४ महिलासहित १८ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालिका वडा नं.१ गदियानीमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सहज सेवा शीप विकास केन्द्र पटेर्वा सुगौलीकाे आयाेजनामा भएकाे कार्यक्रममा  ४ महिलासहित १८ जनाले रक्तदान गरेका हुन् ।

गदियानीस्थित मदर्षा प्राङ्गणमा भएकाे कार्यक्रममा श्रीकान्त चौधरी, रमेश राउत बरैई, रामेश्वर चौधरी, विक्रम दास,अफताव आलम गदी, सन्जित साह कानु, राम कुमार चौधरी, अनिल राउत थारु, सन्तोषी कुमारी राम, नन्दकिशोर चौधरी, कान्ति चाैधरी लगायतले रक्तदान गरेकाे संस्थाकी कार्यकारी निर्देशक सुस्मिता कुमारी चौधरीले जानकारी दिइन ।

वडाध्यक्ष फरमान मियाँ अन्सारीकाे अध्यक्षतामा भएको रगतदान कार्यक्रममा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केशरी, प्रहरी चौकी रंगपुरका प्रहरी सहायक निरीक्षक सुजित राय भर, वडा सदस्य हैदर अलि अन्सारी, कार्यक्रम संयोजक मुना तिवारी, नारायण साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

रगतको अभाव भए सङै रगतदान जीवन दान, रगतदान महादान सेवा नै धर्म हो भनी मुल नाराको साथ पटेर्वा सुगौली गाउँपालिकाको सहयो र वडा नं.१ कार्यालयको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएकाे आयाेजक संस्थाका संयोजक मुमा तिवारीले बताए ।

कार्यक्रममा रक्त संन्चार केन्द्र पर्साका प्राविधिक जितेन्द्र कुसवाहा, श्याम साह, नवीन चौरसिया, अनिल साहले प्राविधिक सहयोग गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...