Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

नेपाली बालिकालाई भारतकाे केरला लग्न खाेज्ने इस्राफिल पक्राउ

spot_img
spot_img

वीरगंज । नेपाली बालिकालाई केरला लैजान खोज्ने एक युवक भारतबाट पक्राउ परेका छन् । १४ बर्षिय नाबालिगलाई नक्कली प्रेमको जालमा फँसाएर भारत लगेका वीरगंजका २६ बर्षिय मोहम्मद इस्राफिल अन्सारी पक्राउ परेका हुन् ।

अन्सारीलाई भारतकाे उत्तराखण्ड भीम तालबाट पक्राउ गर्नुकाे साथै नाबालिकालाई उद्धार गरिएको मानव बेचबिखन नियन्त्रण इकाई एरिया हेडक्वार्टर एसएसबी बेतिया कार्यालय ४७ औं कोर एसएसबी रक्सौलका इन्स्पेक्टर मनोजकुमार शर्माले जानकारी दिए ।

बालिकाले साेधपुछकाे क्रममा अन्सारीले आफूलाई केरला लैजाने चाहेकाे ब्यान दिएका कारण उत्तराखण्ड प्रहरीले केरला लैजान चाहेको कारणकाे बारेमा अनुसन्धान गरिरहेको इन्सपेक्टर शर्माले वताए ।

उनका अनुसार पक्राउ परेका अन्सारीले नाबालिगसंग इन्स्टाग्राममार्फत मित्रता बनाएका थिए । उसले आफ्नो वास्तविक नाम लुकाएर युवतीलाई मुन्ना महतो बताएका थिए । नाबालिगले उनलाई पत्याएर नक्कली प्रेमको जालमा फँसाएर भारत लगेका थिए ।

युवती घर नआएपछि बालिकाका परिवारका सदस्यले बालिकाको धेरै खोजी गरेपनि फेला पार्न सकेनन् । आफ्नाे छाेरी बेपत्ता भएको एक महिनापछि बालिकाकी आमालाई भारतीय नम्बरबाट ह्वाट्सएप कल आयो र मोहम्मद इस्राफिल अन्सारीले आफ्नी केटीलाई बिर्सिदेऊ र अब कहिल्यै फिर्ता नपाउने धम्की दिए ।

काउन्सिलिङका क्रममा नाबालिग बालिकाले भनिन् कि एक दिन मोहम्मद इस्राफिल अन्सारी आफ्नो फोन घरमा बिर्सेर घरबाट बाहिर गए, त्यसपछि उनका एक नातेदारले उनलाई फोन गरे र मोहम्मद इस्राफिल अन्सारी कहाँ छन् भनेर सोधे ? युवतीले भनिन् को इस्राफिल ? त्यसपछि युवतीले आफ्नो वास्तविक नाम थाहा पाउन अघि नै युवतीले उनको नाम मुन्ना महतो भनेर चिनिन् ।

सोधपुछका क्रममा उनले थप दुई युवतीसँग विवाह गरि छाडेर गएको पनि खुलासा भएको भारतिय प्रहरीले जनाएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...